फोहोर विसर्जनका लागि आफूहरू छलफलको प्रक्रियामा रहेको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए।
काठमाडौँ– स्थानीय बासिन्दासँग सहमति नहुञ्जेलसम्म काठमाडौँ महानगरपालिकाको फोहोर उठ्न नसक्ने महानगरपालिकाले जनाएको छ। महानगरको वातावरण विभागका निर्देशक रविनमान श्रेष्ठले स्थानीय जनप्रतिनिधिसहित सहरी विकास मन्त्रालय र सरोकारवाला पक्षसँग सहमतिका लागि छलफल भइरहेको जानकारी दिए।
“यही साउन १ गतेदेखि महानगरपालिका फोहोर उठेको छैन, अझै चार/पाँच दिनसम्म उठ्ने सम्भावना छैन,” उनले भने, “कि मान्छे हटाऊ, कि फोहोर हटाऊ भन्ने त्यहाँका स्थानीय बासिन्दाको मुख्य माग रहेको छ। बिस्तारै माग थपिँदै जाँदा सहमति जुट्न कठिनाइ भएको हो।”
फोहोर विसर्जनका लागि महानगरपालिका छलफलको प्रक्रियामा रहेको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए। “स्थानीय बासिन्दाले फोहोरकै दुर्गन्धका कारण बस्न कठिनाइ भएको भन्दै अवरोध गरेका छन्। महानगरपालिका यस विषयमा छलफल गरी स्थानीयको मागलाई सम्बोधन गर्ने प्रयास गरिरहेको छ,” उनले भने।
राज्यले ऐक्यबद्धता नजनाएसम्म अवरोध नहट्ने स्थानीयको माग रहेको धुनिबेँसी नगरपालिकाका–१ का वडाध्यक्ष मानबहादुर तामाङले बताए। राज्यले स्थानीयलाई कहिलेसम्म समस्या समाधान हुनसक्छ भन्ने यकिन गर्नुपर्ने उनले बताए।
यस सम्बन्धमा काठमाडौँमा भइरहेको विभिन्न सम्झौतालाई स्थानीयमाझमा ल्याई सहमति जनाउनुपर्ने उनको भनाइ थियो। “यति समयभित्र समस्या समाधान हुनसक्छ भन्ने ऐक्यबद्धता राज्यले जनाउनुपर्ने स्थानीयवासीको माग छ”, उनले भने, “पटक–पटक महानगरपालिकासँग गरिएका सम्झौता के कति पूरा भए भन्नेबारे यकिन हुनुपर्छ। स्थानीयको माग नयाँ होइन, पुरानै हो।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
