तथ्यांकसम्बन्धी पुस्तक ‘फ्याक्ट्स अफ नेपाल २०२३’ सार्वजनिक

पुस्तकमा सामाजिक, आर्थिक, सांस्कृतिकलगायत २३ वटा राष्ट्रिय र १९ अन्तर्राष्ट्रिय क्षेत्रका तथ्यांक समेटिएका छन्।

काठमाडौँ– नेपालका विभिन्न क्षेत्रको जानकारी र तथ्यांक संकलन गरेर तयार पारिएको पुस्तक ‘फ्याक्ट्स अफ नेपाल २०२३’ सार्वजनिक भएको छ।

पुस्तकको यस संस्करणमा देशको सामाजिक, आर्थिक, सांस्कृतिकलगायत २३ वटा राष्ट्रिय र १९ अन्तर्राष्ट्रिय क्षेत्र समेटिएका छन्।

स्वतन्त्र निजी अनुसन्धानमूलक कम्पनी फ्याक्ट्स रिसर्च एन्ड एनलाइटिक्स (फ्याक्ट्स नेपाल)ले पुस्तक सार्वजनिक गरेको हो। 

फ्याक्ट्सले अनुसन्धान र विश्लेषणात्मक परियोजना सञ्चालन गर्नुका साथै स्थापनाकाल (सन् २०१२)देखि नै सामाजिक सञ्जाल र छापामार्फत दैनिक, साप्ताहिक र मासिक रूपमा सूचनामूलक तथ्यांकीय चित्रहरू प्रस्तुत गरिरहेको छ।