बिहीबार निगुरो टिप्न मध्यवर्ती सामुदायिक वन गएका ७६ वर्षीय नवराज अधिकारीको गैँडाको आक्रमणबाट मृत्यु भएको हो।
चितवन– पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ।
मृत्यु हुनेमा रत्ननगर नगरपालिका–६ का ७६ वर्षीय नवराज अधिकारी रहेका छन्।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बिहीबार निगुरो टिप्न मध्यवर्ती सामुदायिक वन गएका अधिकारीलाई गैँडाले आक्रमण गरेको हो।
साँझ घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा अधिकारीको शव शुक्रबार बिहान बाघमारा मध्यवर्ती सामुदायिक वनमा भेटिएको हो।
शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
