एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपाली कांग्रेस शत्रु हो भन्ने देखाएर सत्तारुढ गठबन्धनलाई तोड्ने षड्यन्त्र भइरहेको बताएका छन्।
काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसलाई देखाएर सत्तारुढ गठबन्धनलाई तोड्ने षड्यन्त्र भइरहेको बताएका छन्। अध्यक्ष नेपालले कांग्रेसलाई कम्युनिस्टहरूको शत्रु हो भन्ने पारेर सत्तारुढ गठबन्धन फुटाउने षड्यन्त्र हुन सक्नेतर्फ सचेत गराएका हुन्।
शनिबार काठमाडौँमा आयोजित ‘समाजवाद: बहस र संघर्ष’ विषयक कार्यक्रममा बोल्दै उनले भने, “घुमिफिरी शत्रु भनेको कांग्रेस हो भन्ने पारेर अहिलेको गठबन्धनलाई तोड्न खोज्ने अनेक षड्यन्त्र हुन सक्दछ।”
उनले एमालेप्रति लक्षित गर्दै कम्युनिस्ट भनिएकाहरूले प्रतिगामीहरूसँग हातेमालो गरिरहेकाले त्यसलाई बुझेर आफूहरूले सत्तारुढ गठबन्धनलाई कायम राख्दै आफ्नो शक्ति वृद्धि गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताए। जनतासँगको सम्बन्धलाई एकाकार गर्दै अघि बढ्नुपर्नेमा उनको जोड थियो।
“यहाँ कम्युनिस्ट भनिएकाहरूले पनि प्रतिगामीसँग हातेमालो गरिरहेका छन्। यो सबै अवस्था भित्र हामीले अहिलेको सन्दर्भमा राजनीतिक मित्रहरू र सँगसँगै उसमा रहेका राजनीतिक कमजोरीहरू, उसका आफ्नै सीमाहरू बुझेर उसमाथिको निर्भरता होइन, आफ्नो शक्ति वृद्धि गर्ने कुरामा जुट्नु पर्ने भएको हुनाले त्यसलाई समेत ध्यानमा राखेर हामी अघि बढौँ,” उनले भने।
अध्यक्ष नेपालले व्यक्तिवाद हाबी भएकै कारण तत्कालीन नेकपा समेत विभाजित हुन पुगेको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढ्नुपर्ने बताए। उनले पुँजीवादले मुनाफा मात्रै हेर्ने भएकाले जनताको हितका लागि समाजवादको विकल्प नभएको जिकिर गरे। उनले पार्टीका नेता–कार्यकर्ताहरूलाई अध्ययनशील बन्न पनि सचेत गराएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
