गुठीचौरमा दिनहुँ आपराधिक घटना बढ्ने क्रममा रहेकाले सुरक्षा चुनौती थपिएको गुठीचौर गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले बताए।
जुम्ला– गुठीचौर गाउँपालिका–४ स्थित सात घरमा अज्ञात समूहले आगजनी गरेका छन्।
वडाका विभिन्न टोलका सात घरमा आगजनी भएको वडाध्यक्ष टीकादत्त न्यौपानेले जानकारी दिए।
उनका अनुसार धवलपुर गाउँका प्रेम न्यौपाने र खडानन्द पाण्डे, बाउली गाउँका कविदत्त न्यौपाने, डाँडाबाडा गाउँका रविदत्त न्यौपाने, दलिबाडा गाउँका लालचन्द्र सार्की र बिगारे गाउँका भीमप्रसाद जैसीका घरमा अज्ञात समूहबाट आगलागी भएको छ। धिता र देपाल गाउँमा पनि यस्तो घटना भएको जनाइएको छ।
सो समूहले सडकमा रोकिराखिएको ट्र्याक्टरमा समेत आगो लगाएको छ। सबैभन्दा धेरै बाउली गाउँका कविदत्तको घरमा क्षति भएको वडाध्यक्ष न्यौपानेले बताए। घरमा आगो लागेको शुरूमै थाहा पाएकाले पूर्ण क्षति हुनबाट जोगिएका छन्।
आगो लगाइएको कुरा थाहा पाउने बित्तिकै प्रहरी टोली खटाएको जुम्लाका डीएसपी प्रह्लाद कार्कीले जानकारी दिए। “विभिन्न गाउँका घरमा आगो लगाइएको थाहा पाउने बित्तिकै प्रहरी खटाएका छौ। के कति क्षति भएको छ भन्ने विवरण संकलन भइरहेको छ,” उनले भने।
आगजनीबाट सबै घरमा आंशिक क्षति भएको छ। गुठीचौरमा दिनदिनै आपराधिक घटना बढ्ने क्रममा रहेकाले सुरक्षा चुनौती थपिएको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
