औषधि व्यवसायीको अवरोध र तनावका कारण बाहिर निस्कन नसकेको अनुगमन टोलीलाई प्रहरीले सुरक्षा दिएर प्रशासनसम्म पुर्याएको थियो।
काठमाडौँ– औषधि पसल अनुगमन गर्न गएको प्रशासनको टोलीलाई इनरुवाका व्यापारीले थुनेका छन्। मेडिकल पसल सञ्चालकसहित स्थानीय व्यापारीको टोलीले जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत केशव खतिवडासहितको टोलीलाई २ घण्टा बढी थुनेका हुन्।
गृहको पत्रानुसार अस्पताल रोडमा रहेका औषधि पसल अनुगमन गर्न पुगेको टोलीले कागजात खोज्ने क्रममा विवाद चर्केपछि मेडिकल सञ्चालक तथा व्यवसायीसहितका व्यापारी आन्दोलनमा उत्रिएका थिए। सो क्रममा अनुगमन टोलीउपर हातपातको प्रयास हुनुका साथै दुर्व्यवहार र नाराबाजी चर्किएपछि तनावपूर्ण बनेको अवस्थालाई नियन्त्रणमा लिन बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालित गर्नुपरेको थियो।
औषधि व्यवसायीको अवरोध र तनावका कारण बाहिर निस्कन नसकेको अनुगमन टोलीलाई प्रहरीले सुरक्षा दिएर प्रशासनसम्म पुर्याएको थियो। सोपश्चात् समेत व्यापारी समूहले बजार क्षेत्रमा प्रदर्शन जारी राखे। उनीहरूले ओषधि पसल बन्द गर्ने धम्कीसमेत दिएका छन्।
प्रदर्शनमा उत्रिएका नेसनल मेडिसिन सेन्टरका सञ्चालक योगेन्द्र मेहताले अनुगमन टोलीको शैलीउपर प्रश्न उठाउँदै आन्दोलनमा उत्रनुपरेको प्रतिक्रिया दिए। उनले अनुगमनमा सहभागी जिल्ला अस्पतालका इनरुवाका निमित्त मेसु डाक्टर देवराज घिमिरे घटनाको कारक भएको बताए।
अनुगमन टोलीको नेतृत्व गरेका प्रशासकीय अधिकृत केशव खतिवडाले औषधि व्यवसायीको रवैया ठीक नभएको प्रतिक्रिया दिए। उनले अनुगमन टोलीमाथि व्यापारी, व्यवसायीको अवरोध र आक्रमण प्रयास निन्दनीय रहेको बताए। अनुगमनका क्रममा अधिकांश औषधि पसलहरू मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएकाले पुनः अनुगमन गरी कारबाहीको प्रक्रियामा ल्याउने उनको भनाइ छ।
घटनापश्चात् जिल्ला प्रशासन कार्यालय सुनसरीले अनुगमन प्रतिवेदन तयार पारी घटना छानबिन गरी दोषीउपर कारबाही थाल्ने जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
