अनावश्यक गालीगलौज गर्ने र नेतृत्वलाई खुइल्याउने किसिमका टिप्पणी नगरी एकताबद्ध भएर अगाडि बढे पार्टीलाई कसैले विस्थापित गर्न नसक्ने कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको भनाइ छ।
काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेताहरूलाई खुइल्याउने काम नगर्न आग्रह गरेका छन्। आइतबार पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै उनले नेतृत्वलाई अनावश्यक गालीगलौज गर्ने र खुइल्याउने काम नगर्न आग्रह गरेका हुन्।
उनले सामाजिक सञ्जालबाट नियोजित किसिमले विरोध गर्ने कुरा कसैले कहीँबाट पनि गर्नु नहुने बताए। उनले आपसमा गालीगलौज नगरी एकताबद्ध भएर अगाडि बढेमा कांग्रेसलाई कसैले विस्थापित गर्न नसक्ने उनले बताए। उनले पार्टीभित्र अनुशासनको आवश्यकता रहेको बताए।
“अनावश्यक किसिमको गालीगलौज, नेतृत्वलाई खुइल्याउने कुरा र सामाजिक सञ्जालबाट नियोजित किसिमबाट विरोध गर्ने कुरा र नभएकोलाई पनि भएको जस्तोगरी प्रस्तुत गर्ने कुरा हामी कहीँ कतैबाट कसैले पनि गर्नु हुँदैन। त्यो नगरेर हामी एक मनले एक चित्तले पार्टी संगठनमा लाग्यौँ भने जनताको बीचमा गयौँ भने नेपाली कांग्रेसलाई कसैले रिप्लेस गर्न सक्दैन। त्यसमा दुई मत छैन। त्यसैले मूलभूत रूपमा पार्टीमा अनुशासनको आवश्यकता छ।”
उनले पार्टीभित्र मतभिन्नताहरू भए पनि निर्वाचनका बखत पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउनुपर्ने बताए। “पार्टीमा मतभिन्नताहरू हुन सक्दछन्। एक अर्कालाई कतिपय अवस्थामा मन पराउँला नपराउँला, तर हाम्रो पार्टीको उम्मेदवार भइसकेपछि त्यसलाई हामी सघाउँछौँ। मलाई व्यक्तिगत रूपमा मन नपर्न सक्छ। हाम्रो पार्टीको उम्मेदवार भन्दा अर्को पार्टीको उम्मेदवार हाम्रो सहयोगी हुन सक्दैन भन्ने बटम लाइनमा हामी एक हुने कि नहुने?”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
