ट्विटरले नीलो रङको चरालाई हटाउँदै कालो पृष्ठभूमिमा कोरिएको सेतो ‘एक्स’लाई कम्पनीको नयाँ लोगोका रूपमा सार्वजनिक गरेको छ।
ट्विटरले आफ्नो लोगोबाट नीलो रङको चरालाई हटाउँदै ‘एक्स’ चिह्नलाई नयाँ लोगो बनाएको छ। उक्त सामाजिक सञ्चार कम्पनीले आफ्नो ‘रिब्रान्डिङ’लाई थप फराकिलो बनाउन यो कदम चालिएको बताएको छ।
सोमबार ट्विटरको वेबसाइटले कालो पृष्ठभूमिमा कोरिएको सेतो ‘एक्स’लाई कम्पनीको नयाँ लोगो भन्दै सार्वजनिक गरेको छ। ट्विटरका मालिक एलोन मस्क र कम्पनीका प्रमुख कार्यकारी अधिकृत लिन्डा याकारिनोले नयाँ लोगो अनावरण गरेका हुन्।
अर्बपति मस्कले आइतबार आफ्नो खाताबाट पोस्ट गर्दै सोमबारबाट ट्विटर सम्बन्धित अर्को व्यापक परिवर्तन गर्न लागेको बताएका थिए। “चाँडै हामी ट्विटर ब्रान्ड र बिस्तारै, चराहरूको बिदाइ गर्दैछौँ,” उनले लेखेका थिए। यसका साथै एक जनाको ‘ट्विटरको लोगो नै परिवर्तन गरेपछि ट्विटलाई अब के भन्ने?’ जिज्ञासामा ‘ट्विटलाई एक्स (X) भन्ने’ बताएका थिए।
चरालाई बिदाइ गर्ने बताए पनि प्रयोगकर्ताहरूले मस्कले योबारे यति चाँडो निर्णय गर्लान् भनेर सोचेका थिएनन्। तर, उनले चराको बिदाइ गरेर ‘एक्स’ लाई अगाडि सारे।
प्रतिक्रिया स्वरूप धेरै प्रयोगकर्ताले ‘गुडबाइ ट्विटर’ ह्यासट्याग ट्रेन्ड गराउँदै नयाँ लोगोको आलोचना गरेका छन्। मस्कले अक्टोबर २०२२ मा ट्विटर किनेपछि कम्पनीले आफ्नो व्यवसायको नाम परिवर्तन गरी एक्स-कर्प राखेको थियो।
ट्विटर अधिग्रहण गरेदेखि कहिले के, कहिले कुन परिवर्तन गरेर चर्चामा आइरहने मस्कको प्रयोगकर्ताको ‘ट्विट भिजिबिलिटी’ नियन्त्रण गर्ने पछिल्लो कदम निकै आलोचित भएको थियो भने, त्यसपछि ट्विटर चलाउने प्रयोगकर्ताको संख्यामा कमी आएको थियो।
अबको चरणमा ट्विटरले निजी सन्देशहरू ‘प्रिमियम’ प्रयोगकर्ताले मात्र प्रयोग गर्न पाउने व्यवस्था ल्याउन लागेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
