सोमबारदेखि लगातारको वर्षाले गर्दा देउखुरीको विभिन्न स्थानमा दर्जन बढी घर डुबानमा परेका छन् भने केही घर भत्किएका छन्।
दाङ– देउखुरीका दर्जन बढी घर डुबानमा परेका छन्। सोमबारदेखि लगातार परेको बर्सातले गर्दा देउखुरीको विभिन्न स्थानमा घर डुबानमा परेका हुन् भने केही घर भत्किएका छन्।
दाङ राजपुर गाउँपालिका–५ स्थित भुर्किहवाका १०/१२ वटा घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिए। राप्ती नदीमा पानीको सतह बढेर ती घर डुबानमा परेका थिए। त्यस्तै, लमही नगरपालिका–१ सुनडवरी र ३ को कान्तिपुरमा पनि केही घर डुबानमा परेका छन्। डुबानमा परेका घरबाट सरसामान र मानिसको उद्धार गरिएको छ।
लमही–१ सुनडबरी निवासी ७० वर्षीय निमबहादुर सार्कीको फुसले छाएको घरमा पानी पसेको र घरभित्र रहेका दुई जनालाई उद्धार गरिएको छ। त्यस्तै, लमही–३ कान्तिपुरका रामबहादुर कुमालको घरमा पानी पसेपछि छतमा रहेकाको उद्धार गरिएको छ भने सोही ठाउँका सुशील कुमाल र दयाराम चौधरी घर डुबानमा परेका छन्। कुमाल र चौधरीको घरबाट डुबानअघि नै मानिसलाई स्थानान्तरण गरिएको थियो।
राजपुर गाउँपालिका–२ निवासी ३० वर्षीया पुष्पा नेपालीको घर भत्किएको छ। उनलाई नजिकै ग्वाते कुमालको घरमा सारिएको छ। निरन्तरको वर्षाका कारण कालाकाटे–गोबरहिडा सडक अवरुद्ध भएको छ। हुलाकी सडकअन्तर्गतको उक्त सडक बिहानदेखि अवरुद्ध भएको हो।
त्यस्तै, बेला–लमही सडकखण्डअन्तर्गत चन्दनपुर खोलामा आएको बाढीले आवतजावतमा समस्या भएको छ। तुलसीपुर उपमहानगरपालिका–१४ जनकपुरमा स्थानीय खोलाले बा११च ९५११ नम्बरको स्कारपिओ बगाएको छ। घोराहीतर्फ जाँदै गरेको उक्त स्कारपिओ मंगलबार बिहान बगाएको प्रहरीले जनाएको छ। सवारी चालको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
