नस्ट गरिएकामध्ये भरुवा बन्दुक सबैभन्दा बढी ६ हजार ७४ थान छन्। त्यसैगरी विभिन्न प्रकारका पेस्तोल एक हजार ७६ थान, थ्रीनटथ्री राइफल ६२६ थान र रिभल्भर ३३४ थान छन्।
काठमाडौँ- विभिन्न मिति र स्थानबाट कानूनबमोजिम जफत भएका, प्राप्त हुन आएका, बरामद भएका वा बेवारिसे झण्डै नौ हजार हातहतियार प्रहरीले नष्ट गरेको छ।
नस्ट गरिएकामध्ये भरुवा बन्दुक ६ हजार ७४ थान, बाह्र बोर १७७ थान, विभिन्न प्रकारका पेस्तोल एक हजार ७६ थान, म्याग्नम २३२ थान, एयर गन २९ थान र सर्ट गन २२९ थान छन्। त्यस्तै, थ्रीनटथ्री राइफल ६२६ थान, रिभल्भर ३३४ थान, ग्यास गन १० थान, हर्नेट २५ थान र नाम नखुलेको ८४ थान गरी आठ हजार ८९६ थान हतियार नष्ट गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षकसमेतका प्रतिनिधि, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँ, कोष तथा लेखा नियन्त्रण कार्यालय लैनचौर एवं स्थानीय प्रतिनिधि र बूढानीलकण्ठ नगरपालिका–११ का वडाध्यक्षलगायतको रोहबरमा नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन परिसरमा हतियार नष्ट गरिएको हो।
हातहतियार, खरखजाना एवं विष्फोटक पदार्थ व्यवस्थापन निर्देशिका, २०६९ को दफा ८(३) बमोजिम नष्ट गरिएको तथा फलामलाई पत्रु बनाई कानुनबमोजिम व्यवस्थापन एवं संरक्षणको लागि उक्त कार्यदलको जिम्मा लगाइएको प्रहरी प्रवक्ता कुवेर कडायतले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
