म्यानमारमा विकसित पछिल्लो घटनाक्रमबारे जानकार एक अर्का अधिकारीका अनुसार नेतृ सुचीलाई राजधानी नेपिटस्थित विशिष्ट व्यक्ति आवासमा सारिएको छ।
सन् २०२१ को सैनिक विद्रोहमा अपदस्थ गरिएकी म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीलाई कारागारबाट सरकारी भवनमा सारिएको छ।
नेश्नल लिग फर डिमोक्रेसीका एक अधिकारीका अनुसार सोमबार राति नेतृ सुचीलाई उच्चस्तरीय परिसरमा सारिएको हो।
उनले तल्लो सदनका सभामुख सभामुख ति खुन म्याटसँग भेटवार्ता पनि गरेकी छन्। उनले चीनका एशियाली मामिलासम्बन्धी विशेष दूत देङ सिजुआनलाई पनि भेट्ने सम्भावना रहेको ती अधिकारीले पुष्टि गरेका छन्। यसै महिना थाइल्यान्डका विदेशमन्त्रीले उनीसँग भेटवार्ता गरेका थिए।
म्यानमारमा विकसित पछिल्लो घटनाक्रमबारे जानकार एक अर्का अधिकारीका अनुसार नेतृ सुचीलाई राजधानी नेपिटस्थित विशिष्ट व्यक्ति आवासमा सारिएको छ।
निर्वाचित नेतृ सुचीलाई अपदस्थ गरिएसँगै देशमा भड्केको हिंसामा परी तीन हजार आठ सयभन्दा बढीको मृत्यु भएको छ भने दश लाखभन्दा बढी विस्थापित भएका छन्। हिरासतमा रहेकी ७८ वर्षीय नोबेल पुरस्कार विजेता सुचीको स्वास्थ्यलाई लिएर चिन्ता व्यक्त भएको छ।
उनीमाथि भ्रष्टाचार, गैरकानूनीरूपमा वाकीटकी राखेको, कोरोना महामारीमा जारी गरिएका प्रतिबन्धको पालना नगरेकोलगायत आरोपमा ३३ वर्षको जेल सजाय सुनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
