नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जा र निजी सवारीसाधनको कर्जाको जोखिम भार घटाएको छ।
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जा र निजी सवारीसाधनको कर्जाको जोखिम भार घटाएको छ। राष्ट्र बैंकले एकीकृत निर्देशनको संशोधन गर्दै बैंकहरूका लागि परिपत्र जारी गरेर चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा भएको व्यवस्था कार्यान्वयनमा ल्याएको हो।
राष्ट्र बैंकले २५ लाख रुपैयाँसम्मको निजी सवारीसाधनको कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गरेको छ। यसअघि सबै मूल्यका निजी सवारीको जोखिम भार १५० प्रतिशत थियो। अब २५ लाख वा सोभन्दा माथिका सवारीको जोखिम भार १५० प्रतिशत रहनेछ।
यस्तै ५० लाखसम्मको शेयर धितो कर्जाको जोखिम भार घटाएर १०० प्रतिशत कायम गरिएको छ। यसअघि २५ लाखसम्मको कर्जाको जोखिम भार १०० प्रतिशत र त्यसभन्दा माथिको कर्जाको जोखिम भार १५० प्रतिशत रहेको थियो। कर्जा प्रवाहमा नियन्त्रणका लागि राष्ट्र बैंकले बढी जोखिम भार कायम गर्छ। जोखिम भार कम भएको क्षेत्रमा लगानी गर्दा बैंकहरूलाई बढी फाइदा हुन्छ।
त्यस्तै, रियलस्टेट कर्जामा जोखिम भार १५० प्रतिशत तोकिएको छ। केन्द्रीय बैंकले मौद्रिक नीतिमै व्यक्तिगत आवासीय कर्जाको रूपमा ऋणीले २ करोड रुपैयाँसम्म कर्जा पाउन सक्ने उल्लेख गरेको छ। यसअघि आवासीय कर्जाको सीमा १ करोड ५० लाख रुपैयाँ रहेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
