माओवादी केन्द्रले पार्टी केन्द्रीय समितिको बैठकमा प्रस्तुत हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनबारे आन्तरिक छलफल थालेको छ।
काठमाडौँ– नेकपा (माओवादी केन्द्र)ले यही साउन १७ देखि बस्ने पार्टी केन्द्रीय समितिको बैठकमा प्रस्तुत हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनबारे आन्तरिक छलफल शुरू गरेको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकमा सो बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमाथि छलफल गरेको हो।
पार्टीको संगठन विभाग तथा उपाध्यक्षहरूले तयार पारेको राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल शुरू भएको र त्यसलाई निष्कर्षमा पुर्याउनका लागि आइतबार पनि पदाधिकारी बैठक बोलाइएको पार्टीका सचिव चक्रपाणि खनालले जानकारी दिए।
“केन्द्रीय समितिको बैठकलाई मध्यनजर राख्दै यो आजको बैठकमा प्रतिवेदनको तयारी, संगठनात्मक प्रतिवेदन, राजनीतिक प्रतिवेदन र त्यसपछि केन्द्रीय समितिको बैठकलाई कसरी लैजाने र पदाधिकारीहरूको सुझाव के छ? त्यसबारे मुख्य छलफल भयो। त्यसपछि स्थायी समिति बैठक केन्द्रीय समिति बैठक अघि नै बोलाउने र त्यो बैठकबाट फेरि केन्द्रीय समितिलाई अलि व्यवस्थित र पूर्ण रूपमा कसरी लैजाने भन्ने बारेमा छलफल भयो,” उनले भने।
बैठकमा पार्टीको केन्द्रीय कार्य समिति बैठक बस्नुअघि स्थायी समिति बैठक बोलाई त्यसका अजेन्डाहरू टुंगो लगाउने विषयमा पनि नेताहरूबीच सहमति भएको छ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल इटली जानुअघि नै बसेको माओवादी पदाधिकारी बैठकले आसन्न केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनको मस्यौदा तयार पार्ने जिम्मेवारी पार्टीको संगठन विभाग र उपाध्यक्षहरूलाई दिएको थियो। नेताहरूको सुझावलाई समेत समेटेर अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदनलाई अन्तिम दिनु हुने माओवादी केन्द्रले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
