पहिरोका कारण सिंगो बस्ती नै विस्थापित हुने जोखिम छ। दिउँसोको समयमा पहिरो खसेकाले मानवीय क्षति नभए पनि भौतिक नोक्सानी बेहोर्नुपरेको स्थानीयले बताएका छन्।
बाजुरा– बाढी पहिरोका छुट्टाछुट्टै घटनामा यहाँका १३ परिवार विस्थापित भएका छन्।
शुक्रबार आएको बाढी र पहिरोका कारण यहाँका हिमाली र गौमूल गाउँपालिकामा १३ परिवार विस्थापित हुनुका साथै दर्जनौँ घर जोखिममा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
हिमाली गाउँपालिका–३ युनामा शुक्रबार घरमाथिबाट आएको पहिरोमा परी दीपलाल बुढाको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। प्रहरी निरीक्षक रवीन्द्रसिंह कठायतका अनुसार पहिरोले बुढाको घरसहित अन्नपात, लुगा कपडा बगाएको हो।
पहिरोले घर बगाएपछि तीन जनाको परिवारको बिचल्ली भएको छ। उनीहरूको सुरक्षित बासका लागि वडा अध्यक्षसँग पहल भइरहेको प्रहरी निरीक्षक कठायतले जानकारी दिए। पहिरोका कारण सोही वडाका १० घर जोखिममा परेको प्रहरीको भनाइ छ। युनामा रहेको आधारभूत स्वास्थ्यचौकी पनि पहिरोको जोखिममा परेको छ।
साथै गौमूल गाउँपालिका–३ मा आएको पहिरोमा परी १२ परिवार विस्थापित बनेका छन्। लगातारको वर्षापछि आएको पहिरोका कारण बेहरीका पाँच र ढल्काँडाका सात गरी १२ परिवार विस्थापित बनेको गाउँपालिका उपाध्यक्ष सीता थापाले जानकारी दिइन्।
उनका अनुसार बेहरीका चीन रोकाया, सुरेश रोकाया, कृष्ण विक, पुष्प विक र जोगी विकको परिवार विस्थापित भएको छ । साथै ढल्काँडाका राजेन्द्र धामी, भानबहादुर बोहरा, वसन्त बोहरा झाँक्री बोहरा, गंगा बोहरा अफिलाल बोहरा, ब्रिजित बोहराको परिवार विस्थापित बनेको छ।
पहिरोले सिंगो बस्ती नै विस्थापित गर्ने गरी खसेको छ। दिउँसोको समयमा पहिरो खसेकाले मानवीय क्षति नभए पनि भौतिक नोक्सानी बेहोर्नुपरेको स्थानीयले बताएका छन्। पहिरोका कारण १२ परिवारका ६० जनाभन्दा बढीलाई स्थानीय थुमथला आधारभूत विद्यालयमा राखिएको पालिका उपाध्यक्ष थापाले जानकारी दिइन्।
घरभित्र राखिएको केही अन्नपात, लत्ता कपडा र अन्य सम्पत्ति भने जोगाउन सफल भएको विस्थापित परिवारको भनाइ छ। वर्षा जारी रहेकाले पहिरो अहिले पनि नियमित बगिरहेको छ।
गौमूलका अन्य बस्ती पनि पहिरोको उच्च जोखिममा छन्। २०७७ सालमा पनि पालिकाको १ र २ का अधिकांश बस्ती पहिरोबाट प्रभावित बनेका थिए। सयौँ बिघा जमिनमा क्षति पुगेको थियो भने दर्जनौँ पशु चौपाया मरेका थिए।
साबिक २७ गाविसमध्ये १६ बढी गाविसको मानव बस्ती सार्नुपर्ने भूगर्भविद्ले सुझाव दिएका थिए। त्यही सिफारिसका आधारमा २०७२ सालमा एकीकृत बस्ती विकासको परीक्षणका लागि ७४ करोड रुपैयाँ विनियोजन गरिएको थियो। हाल त्यसको कुनै कार्यान्वयन र निरन्तरता हुन सकेको छैन।
बाजुराका दुई हजारभन्दा बढी परिवार अहिले पहिरोको उच्च जोखिममा छन्। उनीहरुले अहिले पनि पाल टाँगेर बस्नुपर्ने, रातभर जागराम हुनुपर्ने बाध्य छन्। भिरालो र पाखो जमिन, चारैतिरबाट पहिरोको डर र बेला बेलाको भूकम्पले चिराचिरा परेका जमिन र घर झनै जोखिम रहेको स्थानीय बताउँछन्।
जिल्ला प्रशासन कार्यालयले भने पनि पालिकास्तरीय तयारी पनि हुनुपर्ने र जिल्ला तहमा प्रशासनको पूर्वतयारी पनि गरिएको बताएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
