थाइल्यान्डको एक पटका गोदाममा शनिबार भएको विस्फोटमा परी ९ जनाको मृत्यु हुनुका साथै ११५ जना घाइते भएकाका छन्।
थाइल्यान्डको एक पटका गोदाममा शनिबार भएको विस्फोटमा परी ९ जनाको मृत्यु हुनुका साथै १०० भन्दा बढी घाइते भएकाका छन्। दक्षिणी प्रान्त नारथिवातको सुङ्गाई कोलोक शहरमा भवन निर्माणको क्रममा वेल्डिङका कारण विस्फोट भएको अनुमान गरिएको छ।
नारथिवाटका गभर्नर सेनन पोङ्गाकसोर्नले एएफपीसँग भने, “सुन्गाई कोलोकमा पटका भण्डारण गर्ने गोदाममा आज अपराह्न विस्फोट भएको छ, विस्फोटबाट मृत्यु हुनेको संख्या अहिलेसम्म नौ पुगेको छ भने ११५ जना घाइते भएका छन्।”
उनले थपे, “अहिले आगो नियन्त्रणमा आइसकेको छ। प्रारम्भिक अनुसन्धानले स्टिल वेल्डिङ प्रक्रियाको क्रममा प्राविधिक त्रुटि भएको देखाएको छ, किनकि भवन निर्माणाधीन छ।”
स्थानीय सञ्चारमाध्यममा सार्वजनिक गरिएको फुटेजमा ठूलो मात्रामा धुवाँ हावामा उडिरहेको र विस्फोटका कारण थुप्रै पसल, घर र सवारी साधनमा नराम्रोसँग क्षति पुगेको देखिएको छ।
गोदामबाट १०० मिटर टाढा बस्ने प्रत्यक्षदर्शी सेक्सन टेसेनले भने, “म घरभित्र आफ्नो फोन चलाइरहेको थिएँ, अचानक मैले ठूलो आवाज सुनेँ, अनि मेरो पूरै घर हल्लियो।”
उनले अगाडि भने, “त्यसपछि मैले मेरो छानामा भ्वाङ परेको देखेँ। मैले बाहिर हेरेँ र मैले घर भत्किएको र जताततै मानिसहरू भुइँमा लडिरहेको देखेँ । त्यहाँ अस्तव्यस्त अवस्था थियो।”
थाइल्यान्डको निर्माण क्षेत्रमा कमजोर सुरक्षा व्यवस्था अपनाएको पाइन्छ, जसका कारण घातक दुर्घटनाहरू सामान्य हुने गर्छन्। गत महिना बैंककमा निर्माणाधीन सडक पुल भत्किँदा दुई जनाको मृत्यु भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
