माओवादी केन्द्रका सांसद वर्षमान पुनले सुन तस्करी प्रकरणलाई जोडेर चरित्र हत्या गर्नेभन्दा पनि तथ्यमा पुगेर निष्पक्ष अनुसन्धान गर्नुपर्ने बताएका छन्।
काठमाडौँ– नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले सुन तस्करी प्रकरणको निष्पक्ष ढंगले छानबिन हुनुपर्ने बताएका छन्।
सोमबार संसद् भवनमा पत्रकारहरूसँग कुरा गर्दै पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले सुन प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको र दोषी ठहरिए कारबाही भोग्न तयार रहेको बताएका हुन्। उनले अनाहकमा आफूलाई जोडेको भन्दै व्यक्तिको चरित्र हत्या गर्नेभन्दा पनि तथ्यमा पुगेर अनुसन्धान गर्नुपर्ने बताए।
“मेरोबारेमा पनि ठोस रूपले त उठेको छैन, कुन निकायले छानबिन गर्नुपर्ने हो म माथि छानबिन गरोस्, म त्यो छानबिनका लागि तयार छु। र, म दोषी ठहरिए के सजाय भोग्नुपर्ने हो त्यसको लागि तयार छु,” उनले भने, “राजनीतिक, व्यक्तिगत चरित्र हत्या गर्नेभन्दा पनि तथ्यमा पुगेर अनुसन्धान गर्नुपर्छ। न्यायिक समिति, संसदीय छानबिन समिति वा प्रहरी कसबाट अनुसन्धान हुनुपर्ने हो म उभिन तयार छु।”
सांसद पुनले राज्यका निकायहरूले पूर्वाग्रही गर्न नहुने र राज्यले न्यायोचित ढंगले छानबिन गर्नुपर्ने बताए। नेपाली राजनीतिलाई शुद्ध बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रष्टाचार र सुन तस्करीविरुद्धको अभियान चालेको बताउँदै उनले यसमा आफ्नो पूरै समर्थन रहेको बताए।
“सम्माननीय प्रधानमन्त्री प्रचण्डको भ्रष्टाचार र सुन तस्करीविरुद्ध चलाएको अभियान नेपाली राजनीतिलाई शुद्ध बनाउन चालिएको अभियान हो। यसमा मेरो पूरै समर्थन छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
