जनमतका विनाविभागीय मन्त्री वसन्त कुशवाह र राज्यमन्त्री सञ्जयकुमार यादवले राजीनामा गरेका छन्। जनमतले अब चन्दन सिंह र रन्जु खत्वेलाई सरकारमा पठाउने निर्णय गरेको छ।
काठमाडौँ– मधेश प्रदेश सरकारमा जनमत पार्टीले मन्त्री फेर्ने भएको छ। यसअघि सहभागी बिनाविभागीय मन्त्री वसन्त कुशवाह र राज्यमन्त्री सञ्जयकुमार यादवले राजीनामा दिएका छन्।
केन्द्रीय सदस्य बीपी साहका अनुसार उनीहरूले पार्टीको निर्देशनमा नै राजीनामा दिएका हुन्। यसअघि जनमतले मधेशका मन्त्री फेर्ने निर्णय गरेपछि उनीहरूलाई राजीनामा गराइएको हो।
साहका अनुसार अब प्रमुख सचेतक रहेका चन्दन सिंह र रन्जु खत्वे मन्त्री हुनेछन्। सिंह महोत्तरीका र खत्व सप्तरीका प्रदेशसभा सदस्य हुन्। उनीहरूले पाउने मन्त्रालय भने टुंगो लागिसकेको छैन।
यसअघि, वसन्त कुशवाहले सम्हालेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मुख्यमन्त्री सरोजकुमार यादवले खोसेर गएको जेठ ९ गते नेकपा एकीकृत समाजवादीका गोविन्द न्यौपानेलाई दिएका थिए। त्यसयता दुवै जना विनाविभागीय भएका थिए। यो घटनापछि जनमत असन्तुष्ट थियो।
मुख्यमन्त्री यादवले अहिले गृह, सञ्चार तथा कानून र श्रम तथा यातायात मन्त्रालय आफैसँग राखेका छन्। उनले छैटौँपटक सोमबार मन्त्रिमरिषद् विस्तारको तयारी गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
