आफ्नो हवाई सुरक्षाले ड्रोनलाई खसालिदिएको मस्कोका मेयर सेरगी सोब्यानिनले बताएका छन्। ड्रोन शहरको एक्स्पो सेन्टरमा खसेको उनको भनाइ छ।
युक्रेनले रुसको राजधानी मस्कोस्थित एक भवनमा ड्रोन आक्रमण गरेको छ।
जसका कारण मस्कोको व्यापारिक जिल्लामा विस्फोटको आवाज सुनिएको रुसी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ।
आफ्नो हवाई सुरक्षाले ड्रोनलाई खसालिदिएको मस्कोका मेयर सेरगी सोब्यानिनले बताएका छन्। ड्रोन शहरको एक्स्पो सेन्टरमा खसेको उनको भनाइ छ।
स्थानीय समयअनुसार शुक्रबार बिहान ४ बजे आक्रमण भएको रुसको रक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार शहरको हवाई रक्षा प्रणाली सक्रिय बनाएपछि ड्रोनले आफ्नो दिशा परिवर्तन गरेको थियो। त्यसपछि ड्रोन मस्कोको क्रास्नोप्रेस्नेस्क्यास्थित सरकारी भवन रहेको एक गैरआवासीय भवनमा खसेको बताइएको छ।
सामाजिक सञ्जालमा आएका भिडियोमा मस्कोको आकाशमा बाक्लो धुवाँ मडारिएको थियो। तर युक्रेनले भने यो आक्रमणको विषयमा कुनै पनि प्रतिक्रिया दिएको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
