मछिन्द्रले मंगलबार एएफसी कपको प्रारम्भिक चरणमा भुटानको पारो एफसीसँग खेल्दै छ।
काठमाडौँ– मछिन्द्र फुटबल क्लबका कप्तान विशाल श्रेष्ठले कमजोर रहेको ‘पोजिसन’मा नयाँ खेलाडी भित्र्याएको बताएका छन्। मछिन्द्रले मंगलबार एएफसी कपको प्रारम्भिक चरणमा भुटानको पारो एफसीसँग खेल्दै छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको प्रि–म्याच कन्फेरेन्समा कप्तान श्रेष्ठले उक्त कुरा बताएका हुन्।
“हाम्रो कमजोर रहेको स्थानमा नयाँ खेलाडी अनुबन्ध गरेका हौँ। उनीहरूको आगमनले टोलीलाई राम्रो बनाएको छ,” उनले भने। मछिन्द्रले चर्च ब्वाइजका आशिष चौधरी, संकटाका आयुश घलान, चर्च ब्वाइजका एरिक विष्ट, थ्रीस्टारका लाकेन लिम्बू, एफसी खुमलटारका मेसुके ओलोमाउ, एपीएफका सनिश श्रेष्ठ, खुमलटारका रेजिन सुब्बा र रोहित सुब्बा भित्र्याएको छ।
मेसुकेले भने मंगलबारको खेल खेल्ने नखेल्ने अझै टुंगो लागेको छैन। उनी ‘खेप खेल्न’ सिक्किम पुगेका छन्। तर, सोमबार बेलुकासम्म आइपुगे मंगलबारको खेल खेलाउने मछिन्द्रका प्रशिक्षक किशोर केसीले जानकारी दिए।
“अहिले प्रशिक्षणमा मेसुके छैनन्। उनी सिक्किममा फुटबल खेलिरहेका छन्। तर, आज बेलुकासम्म आइपुगे र बाँकी रहेको प्रक्रिया पूरा भए उसले मंगलबार पारोसँग खेल्छ,” उनले भने।
मछिन्द्रले एएफसी कपमा दोस्रो पटक सहभागिता जनाउन लागेको हो। गत वर्ष मछिन्द्रले ‘ए’ डिभिजन लिगको उपाधि जित्दै यस प्रतियोगितामा सहभागिता जनाएको थियो। यसपटक चर्च ब्वाइजले उपाधि जितेको थियो।
तर, चर्च ब्वाइजसँग एएफसीको क्लब लाइसेन्स नहुँदा मछिन्द्रले मौका पाएको हो। यसअघि गत वर्ष दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले श्रीलंकाको ब्लु स्टारसँग २–० गोल अन्तरको हार बेहोरेको थियो। यता, पारो भुटानको लिगमा शीर्ष भएर आएको हो। पारोका प्रशिक्षक पुष्पलाल शर्माले भुटानमा लिग भइरहेकाले आफूहरूको तयारी राम्रो भएको जानकारी दिए।
“अहिले भुटानमा लिग भइरहेको छ। हामीले लगातार लिग खेलिरहेको भएर खेलाडी फर्ममा रहेका छन्,” उनले भने। नेपाल र भुटानको भौगोलिकदेखि भाषा र संस्कृति मिल्ने भएको कारण मछिन्द्रसँगको खेलमा भुटानी समर्थकको अपेक्षासमेत गरेको उनले बताए।
मछिन्द्र र पारोबीचको खेलको विजेताले दोस्रो चरणमा भारतको मोहन बगानसँग अगस्ट १६ मा खेल्नेछ। मोहन बगान इन्डियन सुपर लिग खेल्ने टोली हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
