फाइनलमा १७ बलमा १६ रन मात्र बनाएका दीपेन्द्रले आवश्यक गतिमा रन बनाउन नसकेपछि प्रशिक्षकले 'रिटायर्ड आउट' गराएर आन्द्रे रसेललाई क्रिजमा पठाएका थिए। फाइनलमा अर्का नेपाली खेलाडी सन्दीप पनि विकेटविहीन भए।
काठमाडौँ- क्यानडाको ग्लोबल टी२० लिगको उपाधि नेपाली खेलाडी दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्ट्रियल टाइगर्सले जितेको छ। फाइनलमा टाइगर्सले अर्का नेपाली खेलाडी खेलाडी सन्दीप लामिछाने आबद्ध सर्रे जागुअर्सलाई ५ विकेटले पराजित गरेको छ।
नेपाली समयअनुसार आइतबार राति सम्पन्न फाइनलमा दुवै नेपाली खेलाडीको प्रदर्शन भने उल्लेखनीय रहेन। जागुअर्सले दिएको १३१ रनको लक्ष्य पछ्याउने क्रममा टाइगर्सले ११.४ ओभरमा ६१ रन बनाउँदा ४ विकेट गुमाइसकेको थियो। त्यसपछि ब्याटिङमा आएका दीपेन्द्रसिंह ऐरीले अर्को 'एन्ड'बाट विकेट झर्न रोकेका थिए।
तर क्रिजमा रहेका दीपेन्द्र र शेर्फान रदरफोर्ड दुवैले आवश्यक गतिमा रन बनाउन सकेका थिएनन्। खेलको प्रत्यक्ष प्रसारणका कमेन्टेटरले बारम्बार यो अवस्थामा दीपेन्द्रलाई ब्याटिङका लागि पठाउनु गलत भएको भन्दै उनले विकेट फाले मात्र टाइगर्सले जित्ने बताइरहेका थिए। उनीपछि आन्द्रे रस्सेल र कार्लोस ब्राथवेट ब्याटिङका लागि तयार थिए।
१८ ओभरमा टिमको रन १०६ रन हुँदा टाइगर्सका प्रशिक्षक डेभ ह्वाटमोरले दीपेन्द्रको ठाउँमा रस्सेललाई ब्याटिङका लागि पठाउने निर्णय गरे। त्यसपछि कप्तान क्रिस लिनले बाहिर बोलाएपछि दीपेन्द्र 'रिटायर्ड आउट' हुँदै क्रिज छाडेका थिए। त्यति बेला उनले १७ बलमा १६ रन बनाएका थिए, जसमा १ चौका सामेल थियो।
रदरफोर्ड र रस्सेलको जोडीले अन्तिम १२ बलमा २९ रन जोड्दै टिमलाई विजयी बनाएका थिए। रदरफोर्डले २९ बलमा ३८ रन र रस्सेलले ६ बलमा २० रन बनाएका थिए।
जागुअर्सका लागि कप्तान इफ्तिखार अहमदले २ विकेट लिए। ३ ओभर बलिङ गरेका सन्दीपले २० रन खर्चिए। उनले कुनै विकेट लिन सकेनन्। उनको बलमा विकेटकिपर लिट्टन दासले रदरफोर्डलाई विकेट पछाडि क्याच लिन (कट बिहाइन्ड) छुटाउँदा टाइगर्सलाई महँगो साबित भयो। रदरफोर्ड 'प्लेयर अफ द म्याच' र प्लेयर अफ द सिरिज भए।
यसअघि टस जितेर टाइगर्सले शुरूमा जागुअर्सलाई ब्याटिङका लागि निम्ता दिएको थियो। जागुअर्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १३० रन बनाएको थियो। जागुअर्सका लागि ओमानी खेलाडी जतिन्दर सिंहले ५७ बलमा ५६ रन बनाएका थिए। टाइगर्सका लागि यूएईका खेलाडी आयान अफ्जल खानले २ विकेट लिए। दीपेन्द्रले भने बलिङ गर्ने मौका नै पाएनन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
