सत्तारुढ दलहरू र प्रमुख प्रतिपक्ष एमालेका प्रमुख सचेतक र सचेतकहरूको बैठकले संसदीय समितिको भागबन्डा टुंग्याउँदा चौँथो ठूलो दल रास्वपा र पाँचौँ राप्रपालाई बाहिर राखिएको छ।
काठमाडौँ- संसदका विषयगत समितिमा लामो रस्साकस्सीबीच सत्तागठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच भागबन्डा भएको छ।
प्रमुख सचेतक र सचेतकहरूको बैठक बसेर भागबन्डा टुंगो लागेको माओवादी केन्द्रका एक सांसदले जानकारी दिए। यो सहमतिलाई शीर्ष नेताहरूको बैठक बसेर अनुमोदन गर्ने तयारी छ। त्यसका लागि सत्तारूढ दलहरू र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताको बैठक सभामुखको कार्यकक्ष सिंहदरबारमा शुरू भइसकेको छ।
प्रमुख सचेतक र सचेतकहरूको बैठकले टुंग्याएअनुसार नेपाली कांग्रेसले चार, नेकपा एमालेले तीन, नेकपा माओवादी केन्द्रले दुई, जनमत र समाजवादी पार्टीले एक–एक समितिको सभापति पाउने छन्। संसद्को चौँथौ ठूलो दल रास्वपा र पाँचौ राप्रपालाई भने कुनै समितिको सभापतिमा भागबन्डा दिइएको छैन।
ती सांसदका अनुसार सोमबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रमुख सचेतक हितराज पाण्डेले सहमतिबारे जानकारी गराएका थिए। प्रारम्भिक सहमतिअनुसार कांग्रेसले अर्थ, कृषि, संसदीय सुनुवाइ र राज्यव्यवस्था, नेकपा एमालेले सार्वजनिक लेखा समिति, महिला तथा बालबालिका र राज्यका निर्देशक सिद्धान्त समितिको सभापति लिने छन्। त्यस्तै, माओवादी केन्द्रले कानून र विकास समिति लिने छ।
जसपाले अन्तर्राष्ट्रिय सम्बन्ध समिति, जनमतले उद्योग र नेकपा एकीकृत समाजवादीले शिक्षा समितिको सभापति पाउने भएका छन्। प्रारम्भिक सहमति भए पनि शीर्ष नेताहरूको छलफलका क्रममा केही समितिमा फेरबदल हुन सक्ने बताइएको छ। यद्यपि, समितिको संख्यामा भने फेरबदल नहुने बताइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
