माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सुन तस्करी प्रकरणमा सरकारले गरिरहेको छानबिन निष्कर्षमा नपुगुन्जेल अर्को समिति आवश्यक नभएको बताएका छन्।
काठमाडौँ– नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सुन तस्करी प्रकरणमा सरकारले गरिरहेको छानबिन निष्कर्षमा नपुगुन्जेल अर्को समिति आवश्यक नभएको बताएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पौडेलले सुन तस्करी प्रकरणमा सरकारले गरेको अनुसन्धानलाई निष्कर्षमा पुर्याउन दिन प्रतिपक्षी दलहरूलाई आग्रह गरे। उनले सरकारले गरेको छानबिनलाई निष्कर्षमा नपुर्याउँदै अर्को समिति बनाउँदा जारी छानबिनमाथि नै प्रश्न उठ्ने उनले बताए। उनले छानबिन गर्ने सरकारी निकाय कुनै दल विशेषको नहुने भन्दै उनीहरूलाई आफ्नो काम गर्न दिनुपर्ने बताए।
“संविधान बनाउँदा खेरी सीआईबी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राष्ट्रिय सतर्कता केन्द्र यस प्रकारका निकायहरू राख्नु हुँदैन भनेर त्यतिबेला कुनै राजनीतिक दल विशेष वा कसैको विमति थियो र? यी कुनै पार्टी विशेषका संस्था हुन? वा यस प्रकारका घटनाहरूको छानबिन गर्नका लागि संवैधानिक हिसाबले नै हामी सबैले निर्णय गरेर अगाडी बढाइएका राज्यका निकायहरू होइनन् र? यी निकायहरूले अगाडि काम गर्दै गर्दा, यिनीहरू निष्कर्षमा नपुगीकन अर्को छानबिन गर्ने समिति बनाउँदा खेरी गरिराखेको छानबिनमाथि प्रश्न उठ्दैन र?” उनले भने।
उनले आफूहरू संसदीय छानबिन समितिको विरोधी नभएको स्पष्ट पार्दै यस प्रकरणमा भने सरकारको छानबिन जारी रहेकाले अर्को समिति आवश्यक नभएको उल्लेख गरे। सांसद पौडेलले गृह प्रशासनले गरिरहेको छानबिनको कामलाई सघाउन पनि आग्रह गरे।
“अहिले सम्बन्धित निकायले दृढतापूर्वक अगाडि बढाइराखेको छ। छानबिन गरिराखेको छ। हामी सिद्धान्तत: संसदीय छानबिन समितिको विरोधी होइनौँ,” उनले भने, “छानबिन भइराखेको छ। त्यसको निष्कर्ष आउन्जेलसम्म धैर्यतापूर्वक बसेर गृह प्रशासन र यस प्रकारका अन्य राज्यका निकायहरूले गरिराखेको कामलाई सहयोग गर्नका निम्ति प्रतिपक्षका साथीहरूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु।”
उनले राज्यका निकायहरूले गरेको छानबिनलाई सहजतापूर्वक लिनुपर्ने बताए। त्यस्तै, प्रतिपक्षी दलहरूलाई संसद् नरोकेर आफ्नो भनाइहरू राख्न पनि उनको आग्रह छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
