सदनको गतिरोध हटाउन प्रधानमन्त्रीद्वारा शीर्ष नेतासँग छलफल

१०० किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै प्रमुख प्रतिपक्षी एमालेले सदन अवरुद्ध गर्दै आएको छ। 

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनको गतिरोध हटाउन सभामुख देवराज घिमिरे र शीर्ष नेतासँग छलफल गरेका छन्। 

छलफल प्रधानमन्त्री निवास बालुवाटारमा जारी छन्। बैठकमा प्रधानमन्त्री दाहाल, सभामुख देवराज घिमिरे, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका प्रमुख सचेतक तथा सचेतक उपस्थित छन्। 

१०० किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै प्रमुख प्रतिपक्षी एमालेले सदन अवरुद्ध गर्दै आएको छ। 

एमालेको अवरोधका कारण सदनको नियमित कामकारबाही हुन पाएको छैन। सदनको अवरोध नहट्दा महत्त्वपूर्ण विधेयक पेस हुन सकेका छैनन्।