मनसुन शुरू भएकै बेलामा पूर्वी नेपालको पाँचथर, संखुवासभा ताप्लेजुङलगायत जिल्लामा भारी वर्षाका कारण ठूलो धनजनको क्षति भएको थियो।
काठमाडौँ– गएको जेठ ३१ गते मनसुन भित्रिएदेखि बिहीबारसम्म मनसुनजन्य विपद्बाट ५० जिल्ला प्रभावित भएका छन्।
गृह मन्त्रालयका अनुसार ती जिल्लामा भएका बाढी पहिरोलगायत मनसुनजन्य विपद्मा परेर ४१ जनाले ज्यान गुमाएका छन्। ३१ जना जना बेपत्ता छन्।
ती जिल्लामा विपद्बाट ५५ जना घाइते भएको गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख, सहसचिव महादेव पन्थले जानकारी दिए। उनका अनुसार विपद्का घटना भएका ५० जिल्लामध्ये २० जिल्लामा भने मानवीय क्षति भएको छ। ती जिल्लामा ४१ जनाले ज्यान गुमाएका हुन्।
यस्तै बेपत्ता हुनेहरू छ जिल्लाका छन्। संखुवासभा, ताप्लेजुङ, पाँचथर, दोलखा, मकवानपुर र महोत्तरी जिल्लाका ३१ जना बेपत्ता भएका सहसचिव पन्थले जानकारी दिए। २८ जिल्लाका ५५ जना घाइते भएका छन्।
विपद्मा परेर १३० घर पूर्ण रूपमा क्षति भएका छन् भने १९३ घरमा आंशिक क्षति पुगेको छ। मनसुन शुरू भएकै बेलामा पूर्वी नेपालको पाँचथर, संखुवासभा ताप्लेजुङलगायत जिल्लामा भारी वर्षाका कारण ठूलो धनजनको क्षति भएको थियो।
मनसुनका अवधिमा मुलुकभर कम पानी पर्ने आँकलनका बीच बेलाबेलामा परेको भारी वर्षाले विभिन्न जिल्लामा बाढी र पहिराका घटना निम्त्याइरहेको छ।
यद्यपि, कतिपय जिल्लामा अझै वर्षा हुन नसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
