सरस्वती दुई दशकदेखि दलितका विरुद्ध हुने गरेका जातीय विभेदविरुद्ध क्रियाशील भएकाले उक्त अवार्ड दिइएको स्टेट डिपार्टमेन्टले जारी गरेको विवरणमा उल्लेख छ।
काठमाडौँ– सीमान्तकृत समुदायको पक्षमा दुई दशकदेखि वकालत गर्दै आएकी सरस्वती नेपालीले ‘जीएआरसी अवार्ड–२०२३’ प्राप्त गरेकी छन्।
अमेरिकी विदेशीमन्त्री एन्थोनी ब्लिकेन नेपालीलाई ‘ग्लोबल एन्टी रेसिजम अवार्ड, २०२३’ बाट सम्मानित गरेकी हुन्। नेपालका सीमान्तकृत समुदाय, अपांगता भएका व्यक्ति र विपन्न नागरिकको पक्षमा बोल्दै आएकी नेपाली मानव अधिकारकर्मी तथा सामाजिक न्यायको अभियन्ता हुन्।

उनी दलित समाज विकास मञ्चको अध्यक्षसमेत हुन्। यसअघि सन् २०१८ मा उनले ‘सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय दर्नाल अवार्ड’समेत प्राप्त गरेकी थिइन्।
बैतडी घर भएकी अभियन्ता नेपालीको प्रयासले पश्चिमी जिल्लाका धेरै दलित परिवारले जग्गाको कानुनी हक र न्याय पाएका छन्। थुप्रै जातीय भेदभावविरुद्ध मुद्दा अदालतसम्म पुगेका छन्।
दशरथ चन्द नगरपालिका बैतडीमा १४ वर्षकी दलित बालिकामाथि विद्यालयमै शिक्षकले गरेको बलात्कारको न्याय होस् या दलित समुदायलाई जमिन दिलाउन उनले सुदूरपश्चिममा खेलेको भूमिका प्रमुख हुन्। यस्ता धेरै मुद्दाको कानूनी लडाइँमा नेपालीको भूमिका रहँदै आएको छ।
भूमि अधिकार मञ्चले सन् २००८ देखि २०११ सम्म सुकुमवासी दलित समुदायलाई जमिन दिलाउन गरेको संघर्ष पनि उनकै नेतृत्वमा भएको थियो। सरस्वतीको नेतृत्वमा भएको संघर्षकै कारण ३७ परिवारले प्रतिपरिवार दुई रोपनीका दरले जमिन र लालपुर्जा पाएका थिए।
यस्तै, बैतडीलाई हलिया मुक्त जिल्ला घोषणा गर्न पनि उनको मुख्य भूमिका थियो।
उनीसहित बंगलादेशकी रानी यान, ट्युनिसियाका सादीया मोस्बाहा, मोल्डोभाकी भिक्टोनिना लुका, पेरुका ओस्वाल्डो बिल्लाओ र ब्राजिलकी कारिगुजजाराले समेत उक्त अवार्ड पाएका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
