लुक्लाबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

सोलुखुम्बुको लुक्लाबाट काठमाडौँका लागि उडेको हेलिकप्टर सम्पर्कविहीन भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।

काठमाडौँ– मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ।

सोलुखुम्बुको लुक्लाबाट काठमाडौँका लागि उडेको हेलिकप्टर सम्पर्कविहीन भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।

उनका अनुसार उक्त हेलिकप्टर बिहान १०:०५ बजे लुक्लाबाट उडेको थियो।

उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन्।