मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लामाजुरामा दुर्घटना

उक्त हेलिकप्टर बिहान १०:०५ बजे लुक्लाबाट उडेको थियो। तर, केही समयमै सम्पर्कविहीन भएपछि हेलिकप्टरको खाेजी शुरू गरिएकाे थियाे।

काठमाडौँ– मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुमा दुर्घटना भएको छ।

सोलुखुम्बुको लुक्लाबाट काठमाडौँका लागि उडेको हेलिकप्टर लिखुिपके गाउँपालिका–५ लामाजुरा डाँडामा दुर्घटना भएको खबर आएको गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले जानकारी दिइन्। 

“केही समयअघि हेलिकप्टर कराएको आवाज सुनिएको थियो। कुहिरो लागिरहेको छ। अहिले चौँरी गोठालाहरूले हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटेको जानकारी गराउनुभयो। हामी घटनास्थलतर्फ जाँदै छौँ,” उनले उकालोसँग भनिन्।

उक्त हेलिकप्टर बिहान १०:०५ बजे लुक्लाबाट उडेको थियो। तर, केही समयमै सम्पर्कविहीन भएपछि हेलिकप्टरको खाेजी शुरू गरिएकाे थियाे। त्यसमा पाइटलसहित ६ जना यात्रु थिए।