मनाङ एयरको हेलिकप्टर दुर्घटनामा चालकसहित सबै यात्रुको मृत्यु भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले जानकारी दिए।
काठमाडौँ– मनाङ एयरको ९ एन एमभी कलसाइनको हेलिकप्टर दुर्घटनामा उक्त हेलिकप्टरमा सवार सबै यात्रुको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले पुष्टि गरेको छ।
सोलुखुम्बुमा लुक्लास्थित सुर्के हेलिप्याडबाट काठमाडौँका लागि उडेको मनाङ एयरको ९ एन एमभी कलसाइनको हेलिकप्टर लिखुपिके गाउँपालिका–५ लामजुरा डाँडामा मंगलबार दुर्घटनामा परेको थियो। सोलुखुम्बुको सुर्केबाट बिहान ९ः५२ बजे काठमाडौँ उडेको हेलिकोप्टर १०ः१ बजे सम्पर्कविहीन भएको थियो।
हेलिकप्टरमा नेपाली पाइलट र पाँच जना विदेशी नागरिक गरी ६ जना सवार थिए। उनीहरू सबैको मृत्यु भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले उकालोलाई जानकारी दिए। “हेलिकप्टर दुर्घटनामा परेका सबैको मृत्यु भएको छ,” उनले भने।
उनका अनुसार शव काठमाडौँ लैजाने तयारी गरिए पनि मौसम खराबीका कारण दुर्घटनास्थलमा हेलिकप्टर अवतरण गर्न सकिएको छ। उनले दुर्घटनास्थल भौगोलिक रूपले विकट रहेको उल्लेख गर्दै अहिले उद्धारका लागि २० जनाको टोली खटिएको जानकारी दिए।
यता, नेपाल नागरिक उड्डयन प्राधिकरणले मनाङ एयरको हेलिकप्टर दुर्घटना स्थलमा उद्धारका लागि पुगेको हेलिकप्टर अवतरण गर्न कठाइ भएको जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक एवं उद्धार समन्वय समितिका संयोजक प्रतापबाबु तिवारीका अनुसार मौसम खराबीका कारण दुर्घटना स्थलमा हेलिकप्टर अवतरण गर्न कठिनाइ भएको हो।
उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “...यात्रुहरूको उद्धारका लागि परिचालन गरिएका दुई वटा हेलिकप्टर त्यहाँको मौसम खराबीका कारण दुर्घटनास्थलमा अवतरण गर्न कठिनाइ भएकोले नजिकको उपयुक्त स्थानमा अवतरण गरी उद्धार गर्ने प्रयास भइरहेको छ। सो कार्यमा उद्धारका लागि स्थानीयसहित सुरक्षा निकायका जनशक्ति समेत परिचालन गरिएको छ।”
हेलिकप्टरमा क्याप्टेन चेतबहादुर गुरुङ र पाँच जना म्याक्सिनकन नागरिक सवार थिए। मेक्सिकन यात्रुहरूमा सिफुएन्टेस जी फर्नाडो, रिंकोन इस्माइन, सिफुएन्टेस जी मारिया होजे, गोन्जालेज ओलासियो लुज र गोन्जालेस एब्रिक रहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
