जनमत पार्टीले आफ्ना स्थानीय तहका जनप्रतिनिधिको अनुमोदन मूल्यांकन मतदानलाई ‘राइट टु रिकल’को आन्तरिक अभ्यासका रूपमा लिएको छ।
काठमाडौँ– जनमत पार्टीले आफ्ना स्थानीय तहका जनप्रतिनिधिको अनुमोदन मूल्यांकन मतदान (जनमत संकलन) गर्न शुरू गरेको छ। उक्त कार्यका लागि स्थानीय तहमा पार्टीद्वारा प्रकाशित मतदाता नामावलीमा नाम भएका सदस्यले पार्टीको कार्डसहित मतदान गर्न सो पार्टीले आग्रह गरेको छ।
जनमत पार्टीको उक्त प्रयासलाई ‘राइट टु रिकल’को आन्तरिक अभ्यासका रूपमा लिइएको छ। आफ्ना पार्टीका नेता स्थानीय तहमा निर्वाचित भएपछि कति काम भयो, उनीहरूको काम गराइबाट नागरिक सन्तुष्ट छन् कि छैनन् तथा उनीहरूको व्यवहार कस्तो छ लगायतका विषयमा मूल्यांकन गर्न पार्टीभित्र मतदान गर्ने प्रक्रिया अपनाइएको सो पार्टीका केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवले बताए।
“स्थानीय तहमा जितेका जनप्रतिनिधिले गरेका कामका विषयमा मतदान हुन्छ, प्रतिनिधिले मतदान गर्छन्, कुन जनप्रतिनिधिलाई नागरिकले रुचाए वा कुनलाई रुचाएन त्यो मतदानबाटै थाहा हुन्छ”, उनले भने, “राइट टु रिकल भनेको जनप्रतिनिधि फिर्ता बोलाउने हो, तर त्यो हाम्रो संविधानमा छैन, कानुन संशोधन गरेर बनाउन सक्ने अधिकार पनि नभएकाले मतदानमा जसको कमजोर नतिजा आउँछ उसलाई सुध्रिने मौका दिने, सचेत गराउने, त्यति पनि नभए पार्टीबाट निकाल्ने सम्मको अवस्था आउन सक्छ।”
नेपालमा यो अभ्यास गर्ने जनमत पार्टी पहिलो पार्टी भएको प्रवक्ता डा. यादवले दाबी गरे। विसं २०८० वैशाख ३० गतेसम्म पार्टीको सदस्यता लिएका सबै सक्रिय सदस्यले मतदान गर्न पाउने नियम रहेको छ।
मतदान प्रक्रिया मतपेटिका र कुन स्थानीय तहका जनप्रतिनिधि हुन सोको मतपत्रसहितको निर्वाचन आयोगको तरिकाअनुसार नै हुने प्रवक्ता डा. यादवले जानकारी दिए। स्थानीय तहको चुनावमा जनमत पार्टीका तर्फबाट दुई पालिका अध्यक्ष, एक उपाध्यक्ष र १९ वडाध्यक्षसहित ९७ जनप्रतिनिधि निर्वाचित भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
