दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको छ।
दाहालको उपचारका क्रममा बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको हो। बिहान ८:३३ बजे निधन भएको अस्पतालले जनाएको छ।
पार्किन्सन जस्तो देखिने जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी)’बाट पीडित दाहाल लामो समयदेखि ओछ्यान परेकी थिइन्।
अस्पतालका कन्सल्टेन्ट फिजिसियन प्राडा युवराज शर्माका अनुसार दाहाललाई हृदयघात भएपछि बुधबार बिहान ८ बजे अस्पताल भर्ना गरिएको थियो। यसअघि अमेरिका, भारतको मुम्बई र सिंगापुरमा उपचार गर्दा पनि उनको रोग निको भएको थिएन।
दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
आजै दिउँसो २ बजे पशुपति आर्याघाटमा दाहालको अन्तिम संस्कार गरिनेछ। ६९ वर्षीया दाहाल माओवादी केन्द्रकी सल्लाहकारसमेत थिइन्।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
