राजदूत नियुक्ति छिट्टै हुन्छ: परराष्ट्रमन्त्री

स्थायी नियोग न्यूयोर्क तथा जनेभा, क्यानडा, फ्रान्स, थाइल्यान्ड, यूएई र कुवेत गरी सात स्थानमा राजदूत पद रिक्त छ।

काठमाडौँ– परराष्ट्रमन्त्री एनपी साउदले राजदूत नियुक्ति प्रक्रिया छिट्टै अघि बढ्ने बताएका छन्।

राष्ट्रियसभामा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा बिहीबार मन्त्री साउदले यस्तो बताएका हुन्।

स्थायी नियोग न्यूयोर्क तथा जनेभा, क्यानडा, फ्रान्स, थाइल्यान्ड, यूएई र कुवेत गरी सात स्थानमा राजदूत पद रिक्त रहेको भन्दै मन्त्री साउदले नियुक्तिमा ५० प्रतिशत राजदूत परराष्ट्र सेवाबाटै नियुक्त गर्ने सरकारको नीति रहेको जानकारी दिए।

राजदूत नियुक्ती सम्बन्धमा उच्च राजनीतिक तहमा छलफल भइरहेको र प्रक्रिया शीघ्र सम्पन्न गरिने मन्त्री साउदले प्रष्ट पारे।