काठमाडौँको माइतीघर मण्डलामा भेला भएका निर्माण व्यावसायीले ठेक्काको म्याद थप्नसमेत माग गरेका छन्।
काठमाडौँ– निर्माण व्यावसायीले अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा मागेका छन्।
शुक्रबार काठमाडौँको माइतीघर मण्डलामा भेला भएका निर्माण व्यावसायीले ठेक्काको म्याद थप गर्नसमेत माग गर्दै धर्ना दिएका छन्। निर्माण व्यावसायीले गरेको कामको भुक्तानी रोकेकाले अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने उनीहरूको माग छ।
असार मसान्तसम्म गरेका कामको भुक्तानी नपाएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए। सरकारले भुक्तानी नदिँदा बैंकले निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको, मजदुरलाई पारिश्रमिक दिन नसकेकोलगायत समस्या झेल्नुपरिरहेको उनको भनाइ छ।
“सरकारले निर्माण व्यवसायीसँग सम्झौता गरेर भुक्तानी गर्न सक्दिन भन्न पाउँदैन,” उनले भने, “यही कारण लामो समयदेखि निर्माणको काम ठप्प भइरहेको छ।”
महासंघका उपाध्यक्ष रामजी पन्तले सरकारले भुक्तानी नदिँदा निर्माण व्यवसाय नै धरापमा परेको बताए। भुक्तानी दिन नसक्ने अर्थमन्त्रीले तत्काल राजीनामा दिन उनले माग गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
