त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालयबाहिर बरामद सुनको तौल ६०.७८९ किलोग्राम मात्र भएको छ।
काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालय बाहिरबाट बरामद सुनको तौल करिब ६१ किलोग्राम भएको छ। सोमबार बबरमहलस्थित राष्ट्र बैंकको टक्सार महाशाखामा ब्रेक शुमा राखी प्याक गरिएका बट्टाबाट सुन निकालेर जोखिएको हो।
राजस्व अनुसन्धान विभागले गत साउन २ गते ब्रेक शुमा राखी ल्याइएको सुन सिनामगंलबाट बरामद गरेको थियो। त्यो सुनको परिमाण यकिन गर्न सोमबार दिउँसो ब्रेक शुबाट निकालेर तौल गरेको हो। यसअघि सो सुनको तौल करिब सय किलो रहेको बताइएको थियो।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, डीआईजी कुवेरसिंह कडायतका अनुसार सोमबार ब्रेक शुबाट झिकेर सुन तौल गर्दा ६० किलो ७८९ ग्राम भएको छ। “आज ब्रेक शुबाट सुन निकालेर तौल गर्दा ६० किलो ७८९ ग्राम भएको छ। एक/दुई दिनमा त्यसलाई गलाएर पुनः तौल गरिन्छ।” त्यसपछि यकिन परिणाम थाहा हुने उनको भनाइ थियो।
विभागले बरामद गरेको ब्रेक शुसहितको सुनको तौल १५५ किलो रहेको थियो। सुन जोख्ने काम केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), राष्ट्र बैंकका केन्द्रीय प्रतिनिधि र राजस्व अनुसन्धान विभागका प्रतिनिधिको उपस्थितिमा गरिएको थियो।
टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार छुटाइएको सुन सीआईबी, राजस्व, राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा गाल्ने र जोख्ने काम हुनेछ। त्यसपछि सुनको गुणस्तर जाँच गर्ने काम तीन दिनमा सकिने छ।
उक्त सुन प्रकरणको सीआईबीले अनुसन्धान गरिरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
