माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारसम्बन्धी कामले सरकार अप्ठ्यारोमा पर्दै छ भन्ने हल्ला सही नभएको दाबी गरे।
काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको कदमले प्रतिक्रियावादीमा आतंक सिर्जना भएको बताएका छन्।
पार्टीको बागमती प्रदेश समितिको पाँचौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफूहरू सही बाटो हिँडेको, भ्रष्टाचारसम्बन्धी कामले सरकार अप्ठ्यारोमा पर्दै छ भन्ने हल्ला सही नभएको दाबी गरे।
“उनीहरूको षड्यन्त्र र घेराबन्दी जति भए पनि हामी अप्ठ्यारोमा छैनौँ” उनले भने, “हामीले शुरूदेखि सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको पक्षमा नयाँ ढंगले काम गर्नु छ।”
उनले सरकारभन्दा सुशासन, सामाजिक न्याय र समृद्धि बढी महत्त्वपूर्ण भएको सुनाए। “सुशासन, सामाजिक न्याय र समृद्धिको नारालाई एउटा संकल्पका रूपमा लिएका छौँ। यसरी काम गर्दा जहाँ बेतिथि देखिन्छ, जो कोही पनि नछुटोस् भन्नेमा छौँ,” उनले भने।
प्रधानमन्त्री दाहालले तीन महिने अभियानले पार्टीलाई नयाँ उचाइमा पुर्याउने दाबी गरे। पार्टीलाई पुनः बनाउन सके देशको आर्थिक समृद्धि, पुनर्निर्माण र सुशासन पनि कायम गर्न सकिने उनको भनाइ थियो।
“यो पटक जनतामा विकास, समृद्धि, भ्रष्टाचार नियन्त्रण र सुशासनका निम्ति माओवादी जति गम्भीर अरू छैनन् भन्ने जनतामा पर्दै गएको छ,” उनले भने।
उनले भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकले पार्टी पुनर्निर्माण र रूपान्तरणको नयाँ अभियानबारे गम्भीरतापूर्वक छलफल गरेर निष्कर्ष निकालेको बताए। केन्द्रीय समितिको बैठकले गरेका निर्णय र त्यसको कार्यान्वयनको प्रश्न सामान्य औपचारिकताको प्रश्न नभएको उनको धारणा थियो।
बैठकले ती प्रश्नहरूको पार्टीलाई वास्तविक अर्थमा निर्माण गरिछाड्नेबारे सकारात्मक र रचनात्मक जवाफ दिएको प्रधानमन्त्री दाहालको भनाइ थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
