स्पेनले उपाधिका लागि आयोजक अस्ट्रेलिया र इंग्ल्यान्डबीचको विजेतासँग खेल्ने छ।
काठमाडौँ– स्पेन पहिलोपल्ट फिफा महिला विश्वकपको फाइनलमा प्रवेश गरेको छ।न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा स्वीडेनलाई २–१ गोल अन्तरले पराजित गर्दै स्पेन पहिलोपल्ट विश्वकपको फाइनलमा पुगेको हो।
दुवै टोलीले केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरी सकिएको थियो। तर, दोस्रो हाफको अन्तिम ९ मिनेटमा ३ गोल हुँदा स्पेनले बाजी मारेको हो।
स्पेनको जितमा सल्मा पारालुयलो र ओल्गा कार्मोनाले १/१ गोल गरे। स्वीडेनका लागि रेबिका ब्लोमक्विस्टले १ गोल फर्काइन्।
खेलको ८१औँ मिनेटमा पारालुयलोको गोल गर्दै स्पेनलाई शुरूआती अग्रता दिलाएकी थिइन्। त्यसको ७ मिनेटमै रेबिकाले गोल गर्दै स्वीडेनलाई खेलमा फर्काइन्। तर, स्वीडेन निर्धारित समयको अन्तिम २ मिनेट सम्हालिन सकेन।
खेलको ८९औँ मिनेटमा कार्मोनाले गोल गर्दै स्पेनलाई २–१ को रोमाञ्चक जित दिलाइन्। स्पेनले सन् १९९१ मा चीनमा भएको विश्वकपदेखि छनोट खेल्न थालेको थियो। तर, त्यसयता आयोजना भएको पाँचवटा विश्वकपमा स्पेन छनोट हुन सकेन। स्पेनको यो तेस्रो सहभागिता हो।
सन् २०१५ मा क्यानडामा भएको विश्वकपमा डेब्यू गरेको स्पेन समूह चरणबाटै बाहिरिएको थियो। यस्तै, सन् २०१९ मा फ्रान्समा भएको विश्वकपमा भने अन्तिम १६ मा पुगेको थियो। तर, अमेरिकासँग २–१ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट स्पेन बाहिरिएको थियो।
यसपटक अन्तिम १६ मा स्विट्ल्यान्डलाई १–० गोल अन्तरले पराजित गर्दै स्पेन अगाडि बढेको थियो। त्यसपछि नेदरल्यान्ड्सलाई २–१ गोल अन्तरले पराजित गर्दै स्पेन सेमिफाइनल (अन्तिम चार)मा पुगेको थियो। स्वीडेनले भने समान स्कोरमा जापानलाई पराजित गर्दै अन्तिम ४ मा पुगेको थियो।
अब स्पेनले उपाधिका लागि आयोजक अस्ट्रेलिया र इंग्ल्यान्डबीचको विजेतासँग खेल्ने छ। स्वीडेनले भने तेस्रो स्थानको लागि खेल्ने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
