त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर बरामद भएको सुन पगालेर तौल गर्दा ६० किलो ७१६ ग्राम भएको छ।
काठमाडौँ– तस्करले हङकङबाट अवैध रूपमा काठमाडौँ भित्र्याइएको सुन पगालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको छ।
नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा मंगलबार सुन गालेर तौल गरिएको हो। टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्यले सुन गालेर तौल गर्दा ६० किलो ७१६ ग्राम भएको जानकारी दिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर बाहिरिएको सुन राजस्व अनुसन्धान विभागको टोलीले साउन ३ गते सिनामंगलबाट बरामद गरेको थियो।

मोटरसाइकलको ‘ब्रेक शु’भित्र लुकाएर ल्याएको उक्त सुनको तौल यकिन गर्न विभागले राष्ट्र बैंकको टक्सार महाशाखालाई दिएको थियो। विभागले सुनसहितको १५५ किलो ब्रेक शु बरामद गरेको थियो।
सोमबार ब्रेक शुबाट झिकेर सुनको तौल गर्दा ६० किलो ७८९ ग्राम भएको थियो। मंगलबार सुन गालेर तौल गर्दा परिमाण घटेको हो।
महाशाखाले सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहवरमा मंगलबार सुन गालेको थियो। अब उक्त सुनको गुणस्तर र आर्थिक परीक्षणको काम थालिने महाशाखाले जनाएको छ।
उक्त सुन तस्करी प्रकरणको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
