अनुसन्धानका क्रममा काठमाडौँबाट बिहीबार राति दुई जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतले जानकारी दिए।
काठमाडौँ– त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार परिसरबाट बरामद भएको ६० किलो सुन प्रकरणमा थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन्।
अनुसन्धानका क्रममा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौँबाट बिहीबार राति दुई जनालाई पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतले जानकारी दिए। प्रहरीले पक्राउ पर्नेहरूको नाम भने खुलाएको छैन।
गत बुधबार पनि ब्युरोको टोलीले चार चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। पक्राउ परेकामाथि अवैध सुन ओसारपसार तथा संगठित अपराधअन्तर्गत मुद्दा चलाइएको छ।
यस प्रकरणमा पक्राउ पर्नेको संख्या हालसम्म २३ पुगेको छ। साउन ३ गते राजश्व अनुसन्धान विभागले सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो।
तस्करले हङकङबाट अवैध रूपमा काठमाडौँ भित्र्याइएको सुन पगालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको छ।
उक्त सुन तस्करी प्रकरणको सीआईबीले अनुसन्धान गरिरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
