एन्फा फुटबल निर्देशक सञ्जीव मिश्रले एन्फा उमेरसमूहको प्रतियोगिता आयोजना गर्न फिफा र एएफसीको भर पर्नुपर्ने अवस्थामा रहेको बताएका छन्।
काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा)का फुटबल निर्देशक सञ्जीव मिश्रले उमेरसमूहका प्रतियोगिता आन्तरिक बजेटबाट आयोजना गर्न संघ सक्षम नरहेको बताएका छन्। सिनियर टोलीले खेल्ने प्रतियोगितामा मात्रै स्पोन्सर झुमिने गरेकाले उमेरसमूहको प्रतियोगिता गर्न एन्फा सक्षम नरहेको उनले बताएका हुन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार यही असोज ४ देखि १३ गतेसम्म काठमाडौँमा हुने साफ यू–१६ च्याम्पियनसिप २०२३ को जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले एन्फा अहिले पनि उमेरसमूहको प्रतियोगिता आयोजना गर्न फिफा र एएफसीको भर पर्नुपर्ने अवस्थामा रहेको बताए।
"एन्फाले प्रयासचाहिँ गरिरहेको छ, अन्य ठाउँबाट आर्थिक संकलन गर्न। तर, उमेरसमूहदेखि प्रतियोगिताहरू गर्न प्रायोजकहरू कम भइरहेको छ। प्रयास गर्दागर्दै पनि आइरहेको छैन। फिफा र एएफसीको बजेटबाटै मुभ भइरहन परेको छ," उनले भने।
फिफाले एन्फामाथि कन्ट्रोल फन्डिङ लागू गरेको छ। त्यहीकारण एन्फाले 'बी' डिभिजन र महिला लिगलगायत अन्य प्रतियोगिता आयोजना गर्न सकेको छैन। यद्यपि, यसपटक एन्फाले फिफाबाट युथ डेप्लपिङका लागि आएको ७५ लाख फिर्ता गर्नुपर्ने भएपछि उमेरसमूहको यू–१६ लिग भने शुरू गरेको छ।
चरम आर्थिक संकटमा रहे पनि एन्फा एएफसीसँग मिलेर साफ यू–१६ च्याम्पियनसिप २०२३ आयोजना गर्न लागेको छ। प्रतियोगितामा आयोजक नेपालसँगै मालदिभ्स, पाकिस्तान, भारत, भुटान र बंगलादेशले सहभागिता जनाउँदै छन्।
प्रतियोगिताको लागि २ करोड ७७ लाख ३२ हजार ८०० (२ लाख १३ हजार ३२९ अमेरिकी डलर) खर्च हुने एन्फाले अनुमान गरेको छ। यो बजेट एएफसीले नै उपलब्ध गराउने मिश्रले जानकारी दिए। "खर्च सबै साउथ एशियन फुटबल फेडेरेसनले नै बेहोर्छ," उनले भने।
यद्यपि, केन्द्रीय कार्यसमिति बैठकले प्रतियोगिताको लागि १ लाख ९५ हजार अमेरिकी डलर छुट्टाएको थियो। तर, बीचमा बजेटमा रिभ्यू गरिएको प्रवक्ता सुरेश शाहले बताए। "त्यतिबेला होटेललगायत विभिन्न कस्टको रेट फरक थियो। अहिलेचाहिँ केही रिभ्यू गरिएको छ," उनले भने।
कार्यसिमितिले गरेको निर्णय त्यही अनुसार हुनुपर्छ भन्ने नहुने उनले बताए। परिस्थिति अनुसार बैठकको निर्णय सच्याउन सकिने उनले तर्क गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
