आयरल्यान्डलाई ३३ रनले हराउँदै भारत विजयी

जितका लागि १८६ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १५२ रन बनायो।

काठमाडाैँ– भारतले दोस्रो टी–२० क्रिकेटमा आयरल्यान्डलाई ३३ रनले  हराएको छ। जितका लागि १८६ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १५२ रन बनायो। आयरल्यान्डका एन्डी बालबिर्नीले ७२ रनको अर्धशतकीय पारी खेले। यस्तै, मार्क एडैरले २३ रन, कर्टिस क्याम्फरले १८ र जर्ज डकरेलले १३ जोडे।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेकाे भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८५ रन बनाएको थियो। भारतका लागि ऋतुराज गायकवाडले ५८ रनको अर्धशतकीय  पारी खेले। यस्तै, सन्जु स्यामसनले ४०, रिङ्कु सिंहले ३८, शिवम् दुबेले २२ र यशस्वी जैसवालले १८ रन बनाए। जितसँगै भारतले एक खेल अगाडि नै शृङ्खला जितेको छ। पहिलो खेलमा भारत दुई रनले विजयी भएको थियो। तेस्रो तथा अन्तिम खेल पर्सि बुधवार हुनेछ।