सीआईबीले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई भने प्रतिवादी बनाइएन। उनीहरुलाई साक्षीका रूपमा मात्र राखिएको छ।
काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललिता निवास जग्गा प्रकरणमा २५० जनालाई मुद्दा चलाउन राय दिएको छ।
पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित पूर्वमन्त्रीद्वय चन्द्रदेव जोशी र डम्बरबहादुर श्रेष्ठ, पूर्वराज्यमन्त्री सञ्जय साह टक्ला, पूर्वसचिवहरू दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी, नारायणगोपाल मलेगो, युवराज भुसाल, सहसचिव, उपसचिव शाखा अधिकृत, सुब्बा र खरिदारसम्मका व्यक्तिविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको हो।
तर, सीआईबीले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई भने प्रतिवादी बनाइएन। उनीहरुलाई साक्षीका रूपमा मात्र राखिएको छ।
यस्तै, शोभाकान्त ढकाल, रामकुमार सुवेदी र मीनबहादुर गुरुङलाई जग्गा हिनामिना प्रकरणका मुख्य योजनाकार बनाइएको छ। प्रतिवेदनमा ललिता निवासका तत्कालीन भोगाधिकारी हाटकशमशेर राणालाई पनि प्रतिवादी बनाइएको छ।
प्रतिवेदनमा ढकाल, सुवेदी र गुरुङको योजनामा नै ललिता निवासको जग्गा व्यक्तिका नाममा पुर्याइएको उल्लेख छ। जग्गा तलमाथि गर्न वातावरण बनाएबापत २२ रोपनी जग्गा घूस लिने भक्तपुर मालपोतका तत्कालीन प्रमुख एवं पूर्वनिर्वाचन आयुक्त सुधीर शाहलाई पनि बिगो, कैद र जरिबाना माग दाबी गरिएको छ।
२०४९ देखि २०६९ सालको अवधिमा ललिता निवासको १४३ रोपनी जग्गा हिनामिना भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
