बैठकले छानबिन समितिको टीओआर तयार गर्नका लागि एमाले नेता सुवासचन्द्र नेम्वाङ, कांग्रेसका नेता रमेश लेखक र माओवादी केन्द्रका नेता हितराज पाण्डे सदस्य रहेको कार्यादेश समिति गठन गरेको छ।
काठमाडौँ– उच्चस्तरीय समिति बनाएर सुन तस्करीको छानबिन गर्न सरकार तयार भएको छ।
सोमबार राति सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय दलको बैठकमा छानबिन समिति बनाउने र संसद्को अवरोध हटाउने सहमति भएको हो।
बैठकले सुन तस्करी प्रकरणमाथि छानबिनका लागि गठन गरिने समितिको कार्यादेश (टीओआर) तय गर्नेसमेत निर्णय गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जानकारी दिए। उनका अनुसार मंगलबारसम्म कार्यादेशको मस्यौदा तयार पार्ने गरी दलहरूबीच सहमति जुटेको छ।
यस्तै, बैठकले मंगलबारसम्म छानबिन समितिको टीओआर तयार गर्नका लागि एमाले नेता सुवासचन्द्र नेम्वाङ, कांग्रेसका नेता रमेश लेखक र माओवादी केन्द्रका नेता हितराज पाण्डे सदस्य रहेको कार्यादेश समिति गठन गरेको छ।
लामो समयदेखिको संसद्को गतिरोध हटाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय दलको बैठक आह्वान गरेका थिए। बैठकमा संसद् सञ्चालन गर्नेबारे सकारात्मक छलफल भएको तथा त्यसका लागि सबै विकल्प र सम्भावना खोजिने गरी दलबीच सहमति भएको कांग्रेस नेता लेखकले जानकारी दिए। अब निर्धारित समयमै संसद् बैठक बस्ने सहमति भएको नेता लेखकको भनाइ छ।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङ, जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवलगायत सहभागी थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
