रेलिङ बिनाको पुलबाट खसेको बस पहिलोपटक ढुङ्गाको पहरामा बजारिएर दोस्रोपटकमा मात्रै त्रिशूली नदीमा खसेको देखिन्छ।
धादिङ– काठमाडौँबाट पोखरा हुँदै म्याग्दीको बेनीतर्फ जाँदै गरेको बस तीव्र गतिकै कारण दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रकाअनुसार बसले अगाडिको गाडी उछिन्ने क्रममा अथवा सडकको खाल्डो छलाउन खोज्दा अनियन्त्रित भई बस त्रिशूलीमा खसेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ। बस खसेको स्थानको कुनापट्टि पानीको छाँगो छ। त्यही छाँगोको पानी कटाउने रेलिङ बिनाको सानो पुल छ। पुल भएको नजिकै सडकमा दुई मिटर जति लम्बाइको खाल्डो छ। पुल र छहराले गर्दा त्यो स्थानबाट दोहोरो सवारी पास हुन हम्मेहम्मे छ।
प्रहरी उपरीक्षक गौतम भन्छन्, “कि त अगाडिको गाडी उछिन्ने क्रममा अनियन्त्रित भयो कि खाल्डो छलाउन खोज्दा चालक आत्तिएर बस अनियन्त्रित भयो। सडक र चालककै कमजोरीले दुर्घटना भएको हुनसक्छ।”
रेलिङ बिनाको पुलबाट खसेको बस पहिलोपटक ढुङ्गाको पहरामा बजारिएर दोस्रोपटकमा मात्रै त्रिशूली नदीमा खसेको देखिन्छ। काठमाडौँबाट पोखरा हुँदै म्याग्दीको बेनीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान धादिङको गजुरी–२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा खसेको थियो। दुर्घटनामा दुई जना महिलासहित आठ जनाको मृत्यु भएको छ। सत्र जना घाइते भएका छन्। एक जना बेपत्ता भएको आशङ्कामा खोजीकार्य जारी छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
