मृत्यु हुनेमा महोत्तरीको लोहारपट्टीका ४१ वर्षीय विजयलाल पण्डित तथा भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह र ६५ वर्षीया मीरादेवी सिंह छन्। बाँकी चार जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
बारा– बरामा तीर्थयात्री बोकेको बस दुर्घटनामा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।
योसँगै उक्त दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या सात पुगेको छ। तीन जनाको घटनास्थलमा तथा चार जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता डीएसपी दधिराम न्यौपानेले जानकारी दिए।
काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ३००१ ख ७९९४ नम्बरको बस बिहीबार बिहान दुई बजे जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोक राजमार्गको चुरियामाई नजिक दुर्घटना भएको हो।
मृत्यु हुनेमा महोत्तरीको लोहारपट्टीका ४१ वर्षीय विजयलाल पण्डित तथा भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह र ६५ वर्षीया मीरादेवी सिंह रहेका डिएसपी न्यौपानेले बताए।
बाँकी चार जनाको सनाखत हुन बाँकी छ। दुर्घटनामा तीन नेपाली तथा १४ भारतीय नागरिक घाइते भएका छन्। उनीहरू पशुपतिनाथको दर्शन गरी फर्किँदै थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
