छिनछिनमा सडक अवरुद्ध हुँदा मनाङका स्थानीयलाई आवतजावतमा समस्या भएको छ। उनीहरूले स्याउ, आलुलगायत उत्पादन बिक्रीका लागि बजारसम्म पुर्याउन पनि पाएका छैनन्।
मनाङ– मनाङ जोड्ने एक मात्र सडक पुनः अवरुद्ध भएको छ। लमजुङको बेँसीशहर नगरपालिका–६ खरखरे, मर्स्याङ्दी गाउँपालिका– ४ घोप्टेभिर, रामबजार र च्याम्चेमा पहिरो खस्दा बिहीबार बिहानैदेखि सडक अवरुद्ध भएको हो।
धेरै स्थानमा पहिरो खसेकाले मनाङको मेरुदण्डको रूपमा रहेका बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको डुम्रे–बँसीसहर–चामे सडक आयोजना कार्यालयका इन्जिनियर सुमन अधिकारीले जानकारी दिए।
उनका अनुसार पहिरो नरोकिएका कारण बाटो खुलाउन मुस्किल भएको छ। “एक ठाउँमा पन्छाउँछौँ, अर्को स्थानमा पहिरो खसेर ट्र्याक नै बगाउने गरेको छ,” उनले भने, “वर्षाको समयमा भौगोलिक धरातल कमजोर रहेकाले सडक खुलाउन नपाउँदै अवरुद्ध हुने गरेको छ।” धरातल कमजोर भएको अवस्थामा साँगुरो बाटोमा २०० मिटरमाथिबाट पहिरो खस्दा सडक खुलाउन नपाउँदै अवरुद्ध हुने गरेको उनको भनाइ छ।
“मनाङ आउने एउटै मात्र सडक छ, यसमा पनि मुख्य सडकसँगै जोडिएर खोलिएका शाखा सडकका कारण समस्या हुने गरेको छ,” उनले भने। मुख्य सडकसँग समन्वय नगरी खोलिएका शाखा सडकबाट आउने लेदोसहितको पानीले सडकमा समस्या हुँदै आएको छ। सडक अवरुद्ध हुँदा सवारीसाधन आवतजावत तथा सामान आपूर्तिमा समस्या भएको छ। यहाँको सडक पूर्ण रूपमा ठप्प हुँदा मनाङ आउने पर्यटक, पथप्रदर्शक र कर्मचारीबीच बाटोमा नै अलपत्रमा परेका छन्।
छिनछिनमा सडक अवरुद्ध हुँदा मनाङका किसानले सास्ती भोग्नाका साथै स्याउ, आलु बिक्रीका लागि बजारसम्म पुर्याउन पनि समस्या भएको स्थानीय किसान सोलबहादुर गुरुङले बताए।
“किसानलाई सबैतिरबाट सास्ती भोग्नुपर्छ, सडकका कारण बारीमा फलेका स्याउ बिक्री गर्न बजारसम्म पुर्याउन सास्ती भएको छ,” उनले भने, “अर्डर आएको सामान समयमा बजारसम्म पुर्याउन नै सकिँदैन र आम्दानीभन्दा पनि सामान ढुवानी गर्न बढी लाग्ने गरेको छ।”
यहाँ उत्पादित स्याउ र आलु बिक्रीका लागि लमजुङ, पोखरा, काठमाडौँ, चितवनलगायत देशका ठूला शहरबाट माग हुने गरे पनि उत्पादित वस्तु पुर्याउनभन्दा बढी सामग्री ढुवानीमा खर्चनुपर्ने अवस्था यहाँका किसानले भोग्दै आएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
