न्यायका लागि काठमाडौँको माइतीघर मण्डलमा ६१ दिनदेखि अनशनरत वैवाहिक बलात्कारपीडित आरतीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको आफन्तले बताएका छन्।
काठमाडौँ– वैवाहिक बलात्कारको आरोप लागी निलम्बनमा परेका न्यायाधीश भुवन गिरीमाथि कारबाहीको माग गर्दै धर्नामा बसेकी उनकी पत्नी आरती राउत गिरीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। आरती न्याय माग्दै पछिल्लो दुई महिनादेखि माइतीघर मण्डलमा आमरण अनशन बस्दै आइरहेकी छिन्।
उनका आफन्तका अनुसार न्यायका लागि काठमाडौँको माइतीघर मण्डलमा ६१ दिनदेखि अनशन बस्दै आएकी आरतीको स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ। लामो समयसम्म धर्ना बसेका कारण आरतीको स्वास्थ्य अवस्था झन्झन् जटिल बन्दै गएको गिरीकी साथी विनीता पाठकले बताइन्।
उनका अनुसार अदालतले पटक–पटक तोकेको पेसीमा उनका श्रीमान् भुवन गिरी उपस्थित नभइदिँदा मुद्दा प्रक्रिया लम्बिँदै गएको छ। “उहाँको श्रीमान् भुवन गिरी अनेक बहाना बनाएर पहिलो र दोस्रो पेसीमा नै उपस्थित हुनुभएन,” उनले भनिन्, “यसरी मुद्दा लम्बिँदा जाँदा उनको अवस्था नाजुक बन्दै गएको छ।”
उनका अनुसार बिहीबार अदालतको दोस्रो पेसीमा पुग्न नपाउँदै आरती बेहोस् भएकी थिइन्। तेस्रो पेसी आउँदो बिहीबारका लागि तोकिएको छ।
धर्नास्थलमा उनलाई साथी विनीतासहित आमा मीना रावल र राष्ट्रिय, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाऊ अभियानका कार्यकर्ता गणेश बज्राचार्यले साथ दिइरहेका छन्। सहयोगी गणेश बज्राचार्य भन्छन्, “आउँदो बिहीबार तेस्रो पेसी छ। अपराधीलाई सजाय होस् र पीडितलाई न्याय मिलोस्।”
आरती निलम्बनमा परेका न्यायाधीश गिरीलाई तुरुन्त थुनामा राख्न, उनको सरकारी सेवा सुविधा खारेज गरी पीडितको गाँस, बास, कपास र औषधि उपचारको उचित व्यवस्था गर्नुपर्नेसहित विभिन्न सातबुँदे माग राख्दै अनशनमा बस्दै आएकी छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
