खेलको शुरूआतमै बार्सिलोनाले जाभी र फ्रेन्क डि जोङको गोलमा अग्रता बनाएको थियो।
काठमाडाैँ– आइतबार राति भएको स्पेनिस लालिगा खेलमा ७ गोलको वर्षा भएको छ। भिल्ला रियलले ३ गोल गर्दा बार्सिलोनाले ४ गोल गरेर खेलमा जित हात पारेको हाे।
बार्सिलोनाका जाभी, फ्रेंक डी जोङ, फेरन टोरेस र रोबर्ट लावान्डोस्कीले १/१ गोल गरे। खेलको शुरूआतमै बार्सिलोनाले जाभी र फ्रेन्क डि जोङको गोलमा अग्रता बनाएको थियो। लावान्डोस्कीले खेलको ७१ औँ मिनेटमा गरेको गोलले नै बार्सिलोनालाई जित दिलायो। त्यसको तीन मिनेट अघि फेरन टोरेसले बराबरी गोल फर्काएका थिए ।
भिल्ला रियलका तर्फबाट जुआन मोइथ, अलेक्जेन्डर सोर्लोथ र अलेक्स बाइनाले १/१ गोल गरेका थिए।
याेसँगै बार्सिलोनाले लिगको शुरूआती तीन खेलबाट ७ अंक जोडेको छ। शीर्ष स्थानको रियल मड्रिडभन्दा बार्सिलाेना दुई अंकले पछि छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
