प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी)ले पूर्वसभामुख महराका छोरा राहुललाई बुधबार दिउँसाे काठमाडाैँबाट पक्राउ गरेको छ।
काठमाडाैँ– नेकपा मााओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छाेरा राहुल महरा पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी)ले पूर्वसभामुख महराका छोरा राहुललाई बुधबार दिउँसाे काठमाडाैँबाट पक्राउ गरेको हाे। प्रहरी प्रवक्ता डीआईजी कुबेर कडायतले राहुललाई अनुसन्धानका लागि पक्राउ गरिएकाे उकालाेलाई बताए।
महरा र उनका छाेरा राहुलकाे नाम ९ किलो सुन तस्करी प्रकरणमा जाेडिएकाे थियाे। २०७९ पुस १० गते फ्लाई दुबईको उडानबाट आएका चिनियाँ नागरिकले ल्याएकाे विद्युतीय चुराेट (भेप)भित्र सुन लकाएर ल्याएकाे अवस्थामा भेटिएकाे थियाे। दुईवटा सुटकेसमा ७३ वटा प्याकभित्र ७३० वटा भेप ल्याएका थिए। त्यसमै राखेर सुन ल्याइएको थियो।
याे पनि : ‘इलेक्ट्रिक सिगरेट’मा सुन तस्करी: के भयो महरा जोडिएको ९ केजी सुन प्रकरण?
तस्करले भेपभित्र लुकाएर ल्याएको ९ किलो ११.५२४ ग्राम सुन भन्सारको गोदामबाटै चोरेर बिक्री गरिएको थियाे। अनुसन्धानका क्रममा यो प्रकरणमा भन्सारका कर्मचारीहरू नै संलग्न रहेको अनुसन्धानका क्रममा पुष्टि भयो। प्रारम्भिक अनुसन्धानबाट यो प्रकरणमा महरा र उनका छोराको पनि संलग्नता रहेको खुलेको थियो। महराका बाबुछोराले भन्सारबाट त्याे सुन छुटाउन त्यहाँका कर्मचारीलाई दबाब दिएको आरोप छ। उनीहरूले उक्त सुन तस्करीमा संलग्न चिनियाँ नागरिकलाई पनि धेरैपटक फाेन गरेकाे अनुसन्धानमा देखिएकाे थियाे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
