जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानगरपालिका क्षेत्रभित्र शुक्रबार राति १२ बजेदेखि शनिबार राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको छ।
काठमाडौँ– स्थानीय प्रशासनले धरान उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले उपमहानगरपालिका क्षेत्रभित्र शुक्रबार राति १२ बजेदेखि शनिबार राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो।
प्रशासनले धार्मिक/साम्प्रदायिक, जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर गरी संक्रामक रोग ऐन २०२० को दफा (२) तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम निषेधाज्ञा जारी गरिएको जनाएको छ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार जारी गरेको आदेशमा भनिएको छ, “अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरीबाहेक सामूहिक रूपमा गरिने सामाजिक धार्मिक, राजनैतिक सभा, र्याली/भेला/प्रदर्शनलगायतका कुनै पनि कार्यक्रमहरू नगर्न नगराउन धरान उपमहानगरपालियका क्षेत्रभित्रका सम्पूर्ण वडालगायत तपसिल क्षेत्रमा समेत लागू हुने गरी निषेधाज्ञा जारी गरिएको ब्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।”
निषेधाज्ञा धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो वराहक्षेत्र नगरपालिका–१ मा पर्ने झन्डा चोकदेखि धरानतर्फको क्षेत्र, पश्चिम दक्षिण रामधुनी नगरपालिका–६ बाट वराहक्षेत्र नगरपालिका–३ नडाहा चोकबाट धरानतर्फको क्षेत्रमा लागू हुनेछ। त्यसैगरी, इटहरी उपमहानगरपालिका–२० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्रसम्म लागू हुने छ। त्यस्तै, धरान–५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ।
त्यस्तै, मेयर हर्कराज राईले पनि धार्मिक तथा सामाजिक विवादले धरानलाई संवेदनशील बनाएको भन्दै शुक्रबार अपिल जारी गरी नगरवासीलाई संयमित र संवेदनशील भएर आपसी सद्भाव, भाइचारा र एकता कायम राख्न अनुरोध गरेका छन्।
त्यस्तै, नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्रसहित धरानका राजनीतिक दलहरूले संयुक्त वक्तव्य जारी गर्दै शनिबारका लागि तय गरिएका सबै कार्यक्रम स्थगित गर्न आग्रह गरेका छन्। “भोलि भाद्र ९ गते सम्बन्धित पक्षहरूबाट धरानमा आयोजना गर्न लागिएका पूर्वनिर्धारित कार्यक्रमहरू स्थगित गरी वातावरण सहज बनाउन भूमिका निर्वाह गरिदिन हुन हार्दिक अनुरोध छ,” अपिलमा भनिएको छ। त्यस्तै, परिस्थितिको गाम्भीर्यतालाई मनन गर्दै सामाजिक सञ्जाललगायतबाट सामाजिक सद्भाव खलबलिने सामग्रीहरू पोस्ट, शेयर तथा कमेन्ट नगरिदिन पनि दलहरूले आग्रह गरेका छन्।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
