मलेसियामा जारी आईसीसी महिला टी–२० विश्वकप एशिया क्षेत्र छनोटमा नेपालले कतारलाई ९ विकेटले पराजित गरेकाे छ।
काठमाडाैँ– मलेसियामा जारी आईसीसी महिला टी–२० विश्वकप एशिया क्षेत्र छनोटमा नेपालले कतारलाई ९ विकेटले पराजित गरेकाे छ। याेसँगै नेपाल एशिया छनोटमा समूह 'ए' बाट सेमिफाइनलमा प्रवेश गरेको छ।
मलेसियाको बाङ्गीस्थित यूकेएम वाईएसडी क्रिकेट ओभलमा कतारले नेपालसामु पेस गरेकाे ७५ रनकाे लक्ष पछ्याइरहेकाे नेपालले एक विकेटकाे क्षतिमा १०.३ ओभरमै पूरा गर्याे। काजल शर्माले चार चाैकासहित सर्वाधिक ३२ रन बनाइन्। यस्तै इन्दू बर्मा २० र सीता रानामगरले २० रन जाेडे।
प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो। यसअघि नेपालले घरेलु टोली मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट र भुटानलाई तीन विकेटले पराजित गरेकोे थियो। समूह ए बाट नेपालले एक खेलअगावै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो। नेपालले अब समूहको अन्तिम खेल बुधबार यूएईसँग खेल्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
