बुधबार भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपालमा आयाेजित एक कार्यक्रममा सहभागी भएर बाहिर निस्किने क्रममा सहमहामन्त्री यादवमाथि आक्रमण भएकाे थियाे।
काठमाडौँ– नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ।
बुधबार नेविसंघ, अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गर्दै पार्टी सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक हमलाले देशमा आम नागरिकको जिउ ज्यानको रक्षा गर्ने जिम्मेवारी प्राप्त गृहमन्त्री पूर्णरुपले असफल पुष्टि भएको भन्दै तत्काल राजीनामा दिन माग गरेका छन्। अध्यक्ष शेर्पाद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, "नेपाल सरकारको पूर्वमन्त्री जस्तो व्यक्तिलाई दिन दहाडै सार्वजनिक स्थलमा ज्यान मार्ने उद्देश्यका साथ धारिलो हतियार प्रहार हुनु निन्दनीय छ । यस घटनाको घोर भर्त्सना गर्दछौँ।"
गृहमन्त्री मुलुकमा शान्ति सुरक्षा कायम गर्न पूर्ण रुपमा असफल भएको नेविसंघको आरोप छ। "देशमा आम नागरिकको जिउ ज्यानको रक्षा र शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी प्राप्त गृहमन्त्री पूर्णरुपले असफल भएको यस घटनाले पुष्टि गरेको छ। तसर्थ राजधानीको सार्वजनिक स्थलमा पूर्वमन्त्री जस्तो व्क्तिको सुरक्षा गर्न नसक्ने नालायक गृह मन्त्रीको राजीनामा समेत माग गर्दछौं," विज्ञप्तिमा भनिएको छ।
बुधबार भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपालमा आयाेजित एक कार्यक्रममा सहभागी भएर बाहिर निस्किने क्रममा सहमहामन्त्री यादवमाथि आक्रमण भएकाे थियाे। टाउकाे पछाडिकाे भागमा गहिराे चाेट लागेकाे उनकाे अहिले ट्रमा सेन्टरमा उपचार भइरहेकाे छ। उनीमाथि खुकुरी प्रहार गर्ने नुवाकोटका श्याम सापकोटा प्रहरी नियन्त्रणमा छन्।
नेविसघंले आक्रमणमा संलग्न अपराधी र जोडिएका पक्षबारे सूक्ष्म अनुसन्धान गरी कडाभन्दा कडा कारबाहीको माग गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
